आज २०८० माघको १२ गते शुक्रबार – राशिफल

आज २०८० माघको १२ गते शुक्रबार – राशिफल

सञ्चार बाणी

@SancharBani

२०८० माघ ११ गते बिहिबार ०३:३६

आज २०८० माघको १२ गते शुक्रबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ...

आज २०८० माघको १२ गते शुक्रबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।हेरौ आजको राशिफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूको आफन्त इष्टमित्र, दाजुभाईसँग वादविवाद पर्न सक्ने सम्भावना छ । मन चञ्चल रहन सक्छ भने गर्न खोजेका काममा रोकावट आउन सक्छ। स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ पेशाको थालनीका लागि पनि राम्रो समय छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ । विद्यार्थीको पनि पढाईमा मन नलाग्न सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि समय शुभ रहनेछ। आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । समय शुभ रहेकाले समयको सदुपयोग गर्न सक्ने राम्रो लाभ होला। शेयर बजार आदि लगानीको क्षेत्र शुभ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि समय राम्रो रहेको छ । काम तथा व्यवसायको क्षेत्र बलियो रहन सक्छ। काममा प्रगति र सन्तुष्टि मिल्न सक्छ भने व्यापार-व्यवसायबाट राम्रो नाफा कमाउन सकिनेछ। नयाँ कामको सुरुवात वा पुरानो कामको विस्तारको लागि दिन शुभ रहेको छ। पारिवारिक र प्रेम जीवन राम्रो रहन सक्छ भने पढाईको क्षेत्र मध्यम रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि समय मध्यम रहनेछ । मानसिक चञ्चलपनले काम वा व्यवसायमा हानीको सामना गर्नुपर्ने हुन सक्छ । गर्न खोजेका काममा सामान्य रोकावट वा ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएकाहरूका लागि समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । स्वास्थ्यमा अकस्मात् समस्या देखा पर्न सक्छ। काममा पनि अपेक्षा गरेकाबाट सहयोग नमिल्न सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु त्यति उचित नहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएकाहरूका लागि समय राम्रो छ । गरेको परिश्रमबाट राम्रो लाभ मिल्नेछ । मानसिक शान्ति र आराम मिल्न सक्छ । पहिले गरेको लगानी वा मेहेनतको परिणाम प्राप्त हुन सक्छ। जीवनसाथीबाट सहयोग र विपरित लिंगीसँग मिलेर गरेको कामबाट फाइदा मिल्नेछ। परिवारसँग मनोरंजनमा समय बिताउने पनि समय रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूका लागि स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्नुका साथै व्यापार–व्यवसायबाट लाभ मिल्नेछ। प्रेम जीवनमा सुमधुर सम्बन्ध तथा पति–पत्नीमा समझदारी रहनेछ । पारिवारिक सहयोग मिल्ने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । पढाई तथा शेयर बजारको क्षेत्र राम्रो रहन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएकाहरूका लागि समय सामान्य रहेको छ । मानसिक अशान्ति र विश्वास गरेको व्यक्तिबाट धोका हुन सक्छ। स्वास्थ्य पनि त्यति सबल नरहन सक्छ। परिवारमा सामान्य कुरामा पनि ठूलो विवाद हुन सक्ने र पारिवारिक शान्ति भङ्ग हुन सक्ने भएकाले वादविवाद नगर्दा राम्रो होला। विद्यार्थी पढाईमा अलिक मेहेनत गर्नुपर्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि समय खराब छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । साथीभाई तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। स्वास्थ्य केहि कमजोर रहन सक्ने भएकाले खानपीन र व्यायाममा विशेष ध्यान दिनुहोला। अनावश्यक काममा समय बित्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएकाहरूका लागि स्वास्थ्य राम्रो रहनेछ । काम गर्ने उत्साह बढ्नाले गरेको काममा सफलता मिल्न सक्छ। तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।आफूभन्दा तलका कर्मचारी तथा सहकर्मीको पनि राम्रो साथ मिल्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिको लागि समय त्यति उचित रहेको छैन । आर्थिक कारोबारमा ढिलासुस्ती तथा घाटा हुन सक्छ । नयाँ लगानी तथा शेयर बजारमा कारोबार गर्नको लागि शुभ समय रहेको छैन। स्वास्थ्य र पारिवारिक जीवन सामान्य रहन सक्छ भने विद्यार्थीले पढाईमा सफलता पाउन अलिक धेरै मेहेनत गर्न पर्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरूका लागि आम्दानीका नयाँ श्रोत देखा पर्दै जानेछन् । जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ ।

प्रकाशित मिति २०८० माघ ११ गते बिहिबार ०३:३६
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७