बेनीबजारमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते, घटनामा संलग्नको खोजीकार्य तिब्र

बेनीबजारमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते, घटनामा संलग्नको खोजीकार्य तिब्र

सञ्चार बाणी

@SancharBani

२०८० माघ ११ गते बिहिबार ०२:३४

बेनीबजारमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते, घटनामा संलग्नको खोजीकार्य तिब्र By Benionline .com.np - २०८०, ११ माघ बिहीबार २०:०९0 म्याग्दीको सदरमुकाम बेनीबजारको न्यूरोडमा बिहिबार साँझ यूवा समुह बिचको झगडामा एक जना गम्भीर घाईते भएको छन्...

बेनीबजारमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते, घटनामा संलग्नको खोजीकार्य तिब्र
By Benionline .com.np – २०८०, ११ माघ बिहीबार २०:०९0

म्याग्दीको सदरमुकाम बेनीबजारको न्यूरोडमा बिहिबार साँझ यूवा समुह बिचको झगडामा एक जना गम्भीर घाईते भएको छन् । बेनी नगरपालिका–८ कामना डेभलपमेन्ट बैंक नजिकै रहेको गल्लीमा खुकुरी प्रहार हुँदा अन्दाजी २२ बर्षिय यूवाको अवस्था चिन्ताजनक रहेको छ ।

साँझ करिब ६ः२० बजे दुई समुह बिचको जम्काभेटमा एक्कासी खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले घटनामा संलग्नको खोजीकार्य तिब्र पारिएको जानकारी दिनुभयो ।

‘खुकुरीले प्रहार गरेपछि यूवाहरुको भागाभाग भएको बताइएको छ । घटनामा एक यूवाको समेत हात र खुट्टामा चोट लागेको छ । घटनामा संलग्नहरुको पहिचान अझै खुल्न सकेको छैन् । उक्त घटनामा संलग्नहरुको खोजीकार्यका लागी बेनीबजार तथा आसपासका नाकाहरुमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । संलग्नहरु २०–३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । स्रोत:-benionline khabr

प्रकाशित मिति २०८० माघ ११ गते बिहिबार ०२:३४
प्रतिक्रिया दिनुहोस