वास्तुशास्त्र अनुसार मन्दिर कुन दिशामा राख्ने ?

वास्तुशास्त्र अनुसार मन्दिर कुन दिशामा राख्ने ?

सञ्चार बाणी

@SancharBani

२०८० पुस २५ गते बुधबार ०३:४७

1) वास्तुशास्त्र अनुसार मन्दिर बनाउँदा ईशान कोण अर्थात पूर्व र उत्तरको बीच भागमा बनाउनुपर्दछ । यदि कुनै कारणवश उत्तर पूर्वमा बनाउन सकिएन भने उत्तर दिशा र पूर्व दिशामा पनि बनाउन सकिन्छ । मन्दिरलाई दक्षिण र पश्चिम दिशामा बनाउनु हुँदैन...

1) वास्तुशास्त्र अनुसार मन्दिर बनाउँदा ईशान कोण अर्थात पूर्व र उत्तरको बीच भागमा बनाउनुपर्दछ । यदि कुनै कारणवश उत्तर पूर्वमा बनाउन सकिएन भने उत्तर दिशा र पूर्व दिशामा पनि बनाउन सकिन्छ । मन्दिरलाई दक्षिण र पश्चिम दिशामा बनाउनु हुँदैन ।

2) भर्याङ मुनितिर र आसपासमा पनि मन्दिर बनाउनु हुँदैन । किनकि, भर्याङमा धेरै हिँडडुल हुनेभएकोले हो-हल्ला र मन्दिर माथि पाउ पर्छ ।
3) त्यस्तै मन्दिरलाई गोदामको (Store Room) वरिपरि पनि बनाउनु हुँदैन । गोदाममा अनावश्यक चिजल राखिएको हुन्छ । जसमा नकारात्मक ऊर्जा धेरै हुन्छ ।

4) मन्दिरलाई जमिन मुनिको तल्लामा पनि राख्नुहुँदैन । जमिनमुनिको तल्लामा हावा र प्रकाशको प्रवाह एकदम कम हुने गर्दछ तर, भुइँतल्लामा मन्दिर बनाउनु उचित हुन्छ ।
5) भान्छा कोठामा (Kitchen Room) मन्दिर बनाउनु उपयोगी मानिँदैन । भान्छामा अशुद्ध चिजहरु र जुठो हुने हुन्छ ।

6) ट्वाइलेटको (Bath Room) भित्ताहरुसँग जोडेर पनि मन्दिर राख्नुहुँदैन । किनकि, ट्वाइलेटमा फोहोर चिजहरु धेरै हुन्छ, भगवानलाई सफा र शुद्ध राख्नुपर्ने हुन्छ ।
7) घरको छतमा वा घरबाहिर पनि मन्दिर नबनाउनु राम्रो मानिन्छ ।

8) सकेसम्म सुत्नेकोठामा (Bed Room) मन्दिर राख्नु हुँदैन । यदि मन्दिर राख्नु परेमा सुत्नेबेलामा मन्दिरलाई पर्दाले ढाकी दिनु पर्दछ ।

मन्दिरको वास्तु नमिल्दा विभिन्न समस्याहरु आउने गर्दछ । वास्तु नमिलेमा जति नै सफा मनले पूजा गरे पनि मागेको फल नपाउने, परिवारमा कलह हुने, धन आर्जनमा कमी हुने, स्वास्थ्यमा असर पर्ने आदि समस्याहरु आउने गर्छ । त्यसकारण भगवानको मन्दिर उत्तर-पूर्वमा राख्नु राम्रो हुन्छ ।मन्दिरको रङ गर्दा हल्का पहेंलो वा रातो रङ्ग लगाउनु राम्रो मानिन्छ ।

आज हामीले According to Vastu Shastra, in which direction should the temple be placed को बारेमा जानकारी दियौं। यस विषयमा अन्य जानकारी आवश्यक भएमा अनुभवी इन्जिनियरहरु, वास्तुबिदहरु तथा निर्माण साथीसँग पनि सम्पर्क गरी जानकारी लिन सक्नुहुन्छ ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार ०३:४७
प्रतिक्रिया दिनुहोस