काठमाडौं : ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अड्कल लगाउने गर्दछन्। फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछन्।
ज्योतिषशास्त्रका तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।
वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।
कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।
मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।
याे पनी पढ्नुहाेस
यी ४ राशिका महिला विवाह पछि श्रीमानको घरमा राज गर्छन् ! जानीराखौं

कन्या राशि : यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन्।
वृश्चिक राशी : यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

कर्कट राशि : यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन । कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् ।
सिंह राशि : यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ ।
प्रकाशित मिति २०८० पुस १६ गते सोमबार ०८:२५