विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?

विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?

सञ्चार बाणी

@SancharBani

२०८० पुस १५ गते आईतबार ११:४०

नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गर्ने तयारी भइरहेको छ । केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ। सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरुमा...

नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गर्ने तयारी भइरहेको छ । केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ। सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरुमा नयाँ वर्ष मनाइन्छ ।

प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। अकल्याण्ड र सिड्नीमा निकै तयारी गरिएको छ । सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइँदैछ ।

नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।

लाइन टापुका बासिन्दाहरूले सुँगुरको भुटेको मासु, क्रेफिस र परम्परागत खानाको साथ नयाँ वर्ष मनाउँछन्। किरिबाटीको कुल जनसङ्ख्या एक लाख १९ हजार रहेको छ । यसको राजधानी तरावा हो ।

प्रकाशित मिति २०८० पुस १५ गते आईतबार ११:४०
प्रतिक्रिया दिनुहोस