काठमाडौँ : भारतको कर्नाटकको शिमोगा जिल्लामा रमैया नामका एक किसानले आफ्नो गाईविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । गत चार दिनदेखि गाईले दूध नदिएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन् ।
गाईविरुद्धको उजुरी लिएर प्रहरी चौकी पुगेपछि प्रहरी अचम्ममा परेका थिए । रमैयालाई प्रहरीले यो केस दर्ता हुन नसक्ने भनेर सम्झाईबुझाइ फिर्ता पठाएका थिए ।
रमैयाका अनुसार उनले गाईलाई सधैं बिहान ८ बजेदेखि ११ सम्म र साँझ ४ देखि ६ बजेसम्म दाना खुवाउने गर्थे । पहिला गाईले दूध दिइरहन्थ्यो तर केही दिन अगाडिदेखि गाईले दूध दिन बन्द गर्यो । प्रहरीका अनुसार दाना खाएपछि पनि दूध नदिने गाईलाई कारवाही हुनुपर्ने रामैयाले माग गरेका थिए ।
कर्नाटक प्रहरीसँग केही दिनअघि एक यस्तै घटना आयो । जहाँ एक किसान आफ्नी गाईविरुद्ध उजुरी दिन प्रहरी चौकीमा पुगे । उजुरीमा उनले लेखेको निवेदन झन् अचम्मित पार्ने खालको थियो । उनले उजुरीमा लेखेका थिए, ‘मेरी गाईले पछिल्लो चार दिनयता दूध दिइरहेकी छैन ।’
प्राप्त खबरअनुसार यो घटना कर्नाटकको शिमोगा जिल्लाको सिदलीपूरा गाउँको हो । जहाँ गाउँमा बस्दै आएका किसान रमैय्याले केही दिनअघि हालेहोन्नुर प्रहरी चौकीमा एक निवेदन दिएका थिए । जब उनको निवेदन हेरे तब प्रहरी पनि चकित भए । किसानले गाईले चार दिनदेखि दूध नदिएकाले निवेदन दिन आएको बताए ।
उनले भने, ‘दैनिक घाँस खुवाउने गरेको छु । बिहान ८ बजेदेखि ११ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म घाँस खुवाउँछु । तर, घाँस खुवाएपछि पनि गाईले दूध दिएन । जो की एकदमै गलत हो । तपाईंहरूले चौकीमा बोलाएर गाईलाई सम्झाएर दूध दिनका लागि राजी गराइदिनुपर्यो ।’
प्रहरीले त पहिले किसानको गुनासो सुन्यो । तर, पछि प्रहरीले यस्ता घटना सुल्झाउन नसक्ने भन्दै निवेदन फिर्ता गरेको छ ।
प्रकाशित मिति २०८० पुस ११ गते बुधबार ०४:०८