हिन्दु धर्ममा नारीको सोह्र शृङ्गारलाई विशेष ध्यान दिने गरेको पाइन्छ ।दनारीको सोह्र शृङ्गारमा मेकअप मात्र हैन सुनचाँदी लगायतका गहनाहरूलाई पनि निकै महत्वपूर्ण स्थान दिइएको हुन्छ ।
त्यसैले विवाहित वा अविवाहित नारीहरू आफ्नो शृङ्गारमा निकै ध्यान दिन्छन् । नारीको पाउमा लगाउने पाउजु निकै महत्वपूर्ण गहनामा पर्छ । पाउजुको झन्कारलाई कवि तथा गीतकारहरूले विभिन्न प्रकारले व्याख्या गर्ने गर्छन् ।
पाउजुलाई नेपाली समाजमा मात्र नभइ पश्चिमाहरूले पनि केही महत्व दिएका छन् । पाउजुको इतिहास निकै लामो मानिन्छ । यतिसम्मकी मन्दिरमा राखिएका वा कुँदिएका देवीका मूर्तिहरूमा समेत पाउजु लगाएको देख्न सकिन्छ ।
पाउजु लगाउँदाका फाइदा
पाउजुबाट आउने छमछम आवाजले मनलाई शान्ति दिन्छ । जसले गर्दा मनलाई हलुंगो बनाउने र चाँदी चिसो भएकाले यसले शरीरलाई शीतलता पनि दिने गर्छ ।
याे पनी..
विवाहित महिलाले भुलेर पनि नगर्नुहोस् यस्ता काम, पतिको मृत्युसम्म हुन सक्छ !

पहिले–पहिले हाम्रो समाजमा विवाहित र अविवाहित महिलाले लगाउने कपडादेखि लिएर गहनासम्म छुट्टा–छुट्टै हुने गर्थे । तर पछिल्लो समय यस्ता प्रवृतिहरु हराउँदै गएका छन् । विभिन्न परिवर्तनहरुसँगै महिलाहरुले सेतो साढी, काला चुरा, खुट्टामा सुनका गहना लगाउने प्रचलन बढेको छ ।
यी सिंगारहरु कसले प्रयोग गर्न भन्ने कुरा थाँहा नपाउँदा आफनो श्रीमानलाई अनेक बाधा पर्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रका अनुसार विवाहित महिलाले सेतो साढी भुलेर पनि लागउनु हुँदैन् ।
हिन्दु धर्ममा विधवा महिलाको प्रतिक मानिने सेतो साढी श्रीमानको मृत्यु पछि लाउने गरिन्छ । कतिपय महिलाहरुले सुनबाट बनेका गहनाहरु खुट्टामा लगाउने गर्छन् । सुनको पाउजु र विच्छा लगाउने प्रचलन बढेको छ ।
तर खुट्टामा सुनले बनेको कुनै पनि गहना लगाउनु हुँदैन् ।किनभने सुन कुबेर देवताको प्रतिक मानिन्छ । यदि सुनको पाउजु, रिङ खुट्टामा लगायो भने कुवेर देवता रिसाउने र पत्तिमा संकट पर्ने विश्वास गरिन्छ ।
प्रायः महिलाहरुले विवाहपछि हातमा चुरा लगाउने गर्छन् । बिहे गरेका महिलाले चुरा लगाउनु राम्रो भए पनि हातमा कालो चुरा भने पट्क्कै लगाउनु हुँदैन् । यदि कालो चुरा लगाउनुभयो भने पत्तिलाई अप्ठयारो पर्नुका साथै मृत्यु समेत हुन सक्छ ।
प्रकाशित मिति २०८० पुस ७ गते शनिवार ०४:०२