मोरङमा ससुराली आएका ज्वाइँले गरे सासूको हत्या

मोरङमा ससुराली आएका ज्वाइँले गरे सासूको हत्या

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण १ गते शनिवार ०७:३८

विराटनगर / घरायसी विवादमा सासूको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको जहँदा गाउँपालिका–१ की ५५ वर्षीया जोखनीदेवी सरबरीयाको हत्या गरेको आरोपमा प्रहरीले उनकै ज्वाइँ २७ वर्षीय प्रेमलाल सरवरियालाई पक्राउ...

विराटनगर / घरायसी विवादमा सासूको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको जहँदा गाउँपालिका–१ की ५५ वर्षीया जोखनीदेवी सरबरीयाको हत्या गरेको आरोपमा प्रहरीले उनकै ज्वाइँ २७ वर्षीय प्रेमलाल सरवरियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बुधबार बिहान करिब साढे ६ बजे ज्वाइँले सासूलाई धारिलो हतियार दाउ प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते भएकी सरवरियाको बिहीबार दिउँसो ३ बजे कोसी अस्पतालमा मृत्यु भएको हो ।

उनका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–१ घर भएका ज्वाइँ केही दिनयता ससुरालीमा आएका थिए । बुधबार बिहान विवाद भएपछि उनले सासुलाई दाउ प्रहार गरेका हुन् । ‘हत्याको कारण घरायसी विवाद भनिएको छ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ ।’

पक्राउ परेका प्रेमलाललाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७७ फाल्गुण १ गते शनिवार ०७:३८
प्रतिक्रिया दिनुहोस