९ बर्षको उमेरमा देशै छोडेर भागेकी बालिका एकै पटक देशकै पहिलो पोर्न स्टार बनेपछि

९ बर्षको उमेरमा देशै छोडेर भागेकी बालिका एकै पटक देशकै पहिलो पोर्न स्टार बनेपछि

सञ्चार बाणी

@SancharBani

२०८० पुस ५ गते बिहिबार ०३:००

काठमाडौं । अफगानिस्तानकी पहिलो पोर्न स्टार यास्मिना अली अहिले निकै चर्चामा छिन् । २८ वर्षीया यास्मिना अलीको सबैभन्दा ठूलो पहिचान यो हो कि उनी अफगानिस्तानकी एक मात्र पोर्न स्टार हुन् । उनले तालिबान शासनको बारेमा धेरै महत्त्वपूर्ण...

काठमाडौं । अफगानिस्तानकी पहिलो पोर्न स्टार यास्मिना अली अहिले निकै चर्चामा छिन् । २८ वर्षीया यास्मिना अलीको सबैभन्दा ठूलो पहिचान यो हो कि उनी अफगानिस्तानकी एक मात्र पोर्न स्टार हुन् । उनले तालिबान शासनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू गरेकी छिन् । जसमा उनले महिला शिक्षामा पनि प्रश्न उठाएका छन् ।

उनले आफ्नो परिवारका सदस्यहरुसँग कसरी लण्डन पुगेको भन्ने कुरा पनि बताइन् । हालै एक पोडकास्ट अन्तर्वार्तामा उनले आफ्नो जीवनसँग सम्बन्धित धेरै पक्षमा खुलेर बोलिन् । यास्मिना अलीले आफूलाई एक यौनकर्मीको रूपमा वर्णन गरेकी छिन्।

डेली स्टारका अनुसार यास्मिना अलीले हालै वयस्क उद्योगमा प्रवेश गर्दा तालिबान र आफ्नो धार्मिक आस्थाको बारेमा खुलेर कुरा गरेकी छिन् । यास्मिनाले खुलेआम तालिबानको क्रूर शासनबारे आफ्नो धारणा व्यक्त गरेकी छिन् । वास्तवमा यास्मिनाले यी सबै कुरा टमी म्याकडोनाल्डसँग ‘आई हेट पोर्न पोडकास्ट’ अन्तर्गत सेयर गरेकी हुन् ।

यास्मिना अलीले यो अन्तर्वार्तामा आफ्नो आजको जीवन र बाल्यकालको जीवनबीच जमिन र आकाशको भिन्नता रहेको बताइन् । उनी भन्छिन्, ‘सन् १९९० मा तालिबानले मेरो देश (अफगानिस्तान) मा सत्ता पाएको थियो । मलाई थाहा थियो कि एउटी महिला सधैं तिनीहरूको (तालिबानीहरू) को आँखाको तारो बन्नेछन् ।

जुन परिवेशमा म जन्मिएँ, कहिलेकाहीँ त्यो निकै दुःखद र क्रूर थियो ।’ यास्मिनाले उक्त अन्तर्वार्तामा आफू अफगानिस्तानकी एक मात्र पोर्न स्टार भएको दाबी पनि गरिन् । यास्मिना भन्छिन्, ‘सुरुमा मलाई पढ्न दिइएको थिएन् । अफगानिस्तानमा महिला र पुरुषबीच स्पष्ट भिन्नता रहेको मैले स्पष्ट रूपमा देखेकी छु ।’

तालिबान शासनमा पुरुषबिना घरबाट बाहिर निस्कन नसक्ने पनि उनले बताएकी छिन् । उनीहरु सधैं पर्दामा रहने गर्थिन् ।यास्मिनाकी आमाले अफगानिस्तानमा करणीका घटना नहुने बताउने गर्थिन् । यास्मिनाले ९ वर्षको उमेरमा अफगानिस्तान छोडेकी थिइन् । त्यसपछि उनी बेलायत पुगिन् । त्यहाँ पुगेर उनले पढाइ गरिन् ।

बेलायतमा उनलाई यौन शिक्षाको बारेमा पढाइएको थियो । यास्मिना बेलायत पुगेर त्यहाँको जीवनशैलीमा निकै छिटो अभ्यस्त भइन् । पोडकास्टमा उनले आफूले बेलायतमा धेरै सम्मान पाएको बताइन् । यास्मिना सुरुमा नास्तिक (कुनै धर्ममा आस्था नराख्ने) भइन् । उनी भन्छिन्, ‘म स्कार्फ लगाउँथे, मानिसहरूले मलाई अचम्मको नजरले हेर्थे तर मलाई कसैले आक्रमण गरेनन्।

कतिपयले मलाई तालिबान पनि भने । स्कुलमा म एउटी केटी थिएँ, जसले टाउकोमा स्कार्फ लगाएकी हुन्थे ।’ रोचक कुरा के भने जब यास्मिना वयस्क भइन्, उनले पोर्न फिल्ममा काम गर्दा पनि टाउकोमा स्कार्फ लगाउने गरेकी छिन् । विकिपिडियाका अनुसार यास्मिनाले डेभिड रथनसँग बिहे गरेकी छिन् ।

प्रकाशित मिति २०८० पुस ५ गते बिहिबार ०३:००
प्रतिक्रिया दिनुहोस