लियो टुर्नामेन्टको उपाधि लियो क्लब अफ हेमजालाई

लियो टुर्नामेन्टको उपाधि लियो क्लब अफ हेमजालाई

निराजन अधिकारी

@SancharBani

२०७७ फाल्गुण १ गते शनिवार ०७:०४

लियो क्लब अफ पोखरा माउन्टेन सिटिको आयोजनमा शुक्रबार पोखरामा भएको लियो फुर्सल टुर्नामेन्टमा लियो क्लब अफ हेमजा बिजय भएको छ । लियो क्लब अफ हेमजाले लियो क्लब अफ फिस्टेल सिटिलाई ५– २ गोल अन्तरले पराजित ग¥यो । बिजयी समुह हेमजाले नगद...

लियो क्लब अफ पोखरा माउन्टेन सिटिको आयोजनमा शुक्रबार पोखरामा भएको लियो फुर्सल टुर्नामेन्टमा लियो क्लब अफ हेमजा बिजय भएको छ ।
लियो क्लब अफ हेमजाले लियो क्लब अफ फिस्टेल सिटिलाई ५– २ गोल अन्तरले पराजित ग¥यो । बिजयी समुह हेमजाले नगद रु १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । त्यस्तै उपबिजेता समुहले ६ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

टुर्नामेन्टमा लियो क्लब अफ चौतारी पोखरा, लियो क्लब अफ डेस्टीनेसन, लियो क्लब अफ वालिङ, लियो क्लब अफ हेमजा, लियो क्लब अफ फिस्टेल सिटी, लियो क्लब अफ अल्फ लियो लेखनाथ, लियो क्लब अफ पिस चौतारी, लियो क्लब अफ लेखनाथ, लियो क्लब अफ लेकसिटी र लियो क्लब अफ पोखरा माउन्टेन सिटिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७७ फाल्गुण १ गते शनिवार ०७:०४
प्रतिक्रिया दिनुहोस