काठमाडौँ । फ्रान्सका एक व्यक्तिलाई एलियन बन्ने मनमा यति उत्सुक भएछ कि उसले आफ्नो सम्पूर्ण शरीर नै परिवर्तन गरिदिएको छ । हालै यी व्यक्तिले आफ्नो हातका केही औंला पनि काटेका छन् । यी व्यक्तिले यसअघि पनि आफ्नो नाक र माथिल्लो ओठ काटिसकेका छन् । यी व्यक्तिका सबै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी मान्छे ब्ल्याक एलियन बन्न चाहन्छ।
वास्तवमा, फ्रान्सका यी व्यक्तिको नाम एन्थोनी लोफ्रेडो हो। रिपोर्टका अनुसार यी व्यक्तिले हालै आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेका छन्, जसमा उनी आफ्नो औंला काटिएको देखिएका छन् । एन्थोनीको नाक र माथिल्लो ओठ पनि काटिएको छ। उनले आँखामा ट्याटु पनि खोपाएका छन् । यस बाहेक उनले आफ्नो पूरै शरीरमा ट्याटु खोपेका छन् ।

रिपोर्टका अनुसार यी व्यक्तिको धेरै सर्जरी गरिएको छ। यी व्यक्तिले आफूलाई पूर्ण रूपमा ब्ल्याक एलियन बन्न अझै ३५ प्रतिशत परिवर्तन गर्नुपर्ने बताए। हालै उनले इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गर्दै प्रोजेक्ट अझै सकिएको छैन लेखेका छन् । मेरो ब्ल्याक एलियन बन्ने सपनाको अर्को प्रक्रिया भर्खरै पूरा भएको छ।

यी व्यक्तिलाई सामाजिक सञ्जालमा ब्ल्याक एलियन भनेर चिनिन्छ । मानिसहरूले एन्थोनीलाई सन्की पनि भन्ने गर्छन् । तर त्यो व्यक्तिले आफ्नी आमाको पूर्ण समर्थन पाएका छन्। उनले मदर्स डेमा आफ्नी आमासँगको तस्बिर पनि पोस्ट गरेका छन् । उनले इन्स्टाग्राम लाइभ भने कि उनी आफ्नो सम्पूर्ण छाला परिवर्तन गर्न चाहन्छन् र यसको सट्टा धातु लगाउन चाहान्छन् ।

जानकारीका अनुसार यो व्यक्ति कुनै समय सेक्युरिटी गार्डको काम गर्थे तर एक दिन उनलाई आफु राम्रो तरिकाले बाँचेको छु जस्तो नि लागेन भने । पछि अष्ट्रेलिया गएर आफूलाई परिवर्तन गर्न थाले । अहिले उनी पूरै परिवर्तन भइसकेका छन् । अहिले सामाजिक सञ्जालमा उनका धेरै तस्विर भाइरल भइरहेका छन्। स्राेत:नयाँपुस्ता डटकम
प्रकाशित मिति २०८० पुस १ गते आईतबार ०४:५८