जाडोमा दैनिक नुहाउँदाका हुनसक्छ यी नोक्सानी

जाडोमा दैनिक नुहाउँदाका हुनसक्छ यी नोक्सानी

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २८ गते बिहिबार ०४:२७

एजेन्सी । जाडोमा दैनिक नुहाउँदा तपाईंको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । छाला विशेषज्ञलाई मान्ने हो भने चिसोको समयमा दैनिक नुहाउनु उपयुक्त हुँदैन । जाडोमा धेरै नुहाउँदा तपाईंको छालालाई नोक्सान पुग्न सक्छ । जाडोमा दैनिक...

एजेन्सी । जाडोमा दैनिक नुहाउँदा तपाईंको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । छाला विशेषज्ञलाई मान्ने हो भने चिसोको समयमा दैनिक नुहाउनु उपयुक्त हुँदैन । जाडोमा धेरै नुहाउँदा तपाईंको छालालाई नोक्सान पुग्न सक्छ । जाडोमा दैनिक रुपमा नुहाउँदा छाला सुख्खा हुन थाल्छ । यस्तै शरीरको प्राकृतिक चिल्लोपना विस्तारै निस्कँदै जान्छ ।

यो प्राकृतिक चिल्लोपना सबैको छालाका लागि एकदमै जरुरी हुन्छ । यसले प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । दैनिक नुहाउँदा छालाबाट राम्रो ब्याक्टेरिया पनि हराउँछन् । जसले इम्यून सिस्टमलाई सहायता गर्ने गर्छन् । दैनिक तातो पानीले नुहाउँदा छालासँगै तपाईंका नङलाई पनि नोक्सान पुग्न सक्छ ।

दैनिक नुहाउँदा छाला कमजोर हुन्छ । जसले गर्दा संक्रमणको खतरा पनि बढेर जान्छ ।

याे पनि पढ्नुहाेस
जाडोमा नङ धेरै किन टुक्रिन्छ ? स्याहार गर्ने तरिका

एजेन्सी । बढ्दै गएको चिसोको असर छालासँगै नङहरुमा पनि पर्दछ । चिसोमा टुक्रिने समस्या भएका नङको कसरी स्याहार गर्ने भन्ने बारे आज हामी यहाँ बताउनेछौं । चिसो हावाले छालामा असर गर्छ त्यसरी नै नङमा पनि असर गर्छ । जाडोमा नङ टुक्रिने समस्या अत्यधिक हुनुको कारण यही हो । चिसो हावालले नङ कमजोर भएर टुक्रिने समस्या हुन्छ ।

नङलाई बलियो बनाउनका लागि भिटामिन सी र आइरनले भरपूर खानेकुराको सेवन गर्नुपर्दछ । पालक, चुकन्दर, टमाटर, कालो चना, कागती, सुन्तला तथा कीवी खानु पर्दछ । आफ्नो नङमा क्यामिकल भएका चीजको प्रयोग गर्नु हुँदैन । यसले नङको प्राकृतिक चिल्लोपना कम हुन्छ जसले गर्दा ती कमजोर हुन थाल्छन् ।

जाडोमा नङ टुक्रिने समस्याबाट बच्न समय समयमा त्यसमा मोइस्चराइजर लगाउन जरुरी हुन्छ । यसका लागि कुनै पनि मोइस्चराइजिङ क्रिम वा तेलको प्रयोग गर्न सक्नुहुन्छ । चिसोमा नङलाई बलियो बनाउनका लागि बायोटिन सप्लीमेन्ट्स पनि लिन सक्नुहुन्छ । यसका लागि विशेषज्ञको सल्लाह भने अवस्य लिनु पर्छ ।

जाडोमा सधैं पन्जा लगाएर हिँड्ने वा बस्ने गर्नुहोस् । विशेषगरी बाहिर निस्कँदा चिसो हावाले हान्ने भएकाले पन्जा लगाउनु राम्रो उपाय हो । यसले चिसोबाट जोगाउनुका साथै नङको पनि सुरक्षा गर्छ ।

प्रकाशित मिति २०८० मङ्सिर २८ गते बिहिबार ०४:२७
प्रतिक्रिया दिनुहोस