आज २०८० मंसिर २१ गते बिहिबार, यस्तो छ तपाईंको-राशिफल

आज २०८० मंसिर २१ गते बिहिबार, यस्तो छ तपाईंको-राशिफल

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २० गते बुधबार ११:५२

पोखरा । आजको पात्रो : श्री शाके १९४५ बि स २०८० मंसिर २१ गते बिहीबार इश्वी सन २०२३ डिसेम्बर ७ तारीख मार्गकृष्णपक्ष दशमी तिथी हस्ता नक्षत्र आयुष्मान योग भद्रा करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग पिङ्गल नाम संवत्सर...

पोखरा । आजको पात्रो : श्री शाके १९४५ बि स २०८० मंसिर २१ गते बिहीबार इश्वी सन २०२३ डिसेम्बर ७ तारीख मार्गकृष्णपक्ष दशमी तिथी हस्ता नक्षत्र आयुष्मान योग भद्रा करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु यात्राअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस गुह्येश्वरी यात्रा

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । आजको दिनमा परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बंगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदय दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकका लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन मौन रहन उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको लागि आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रकाढ हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ । नयाँ कार्यको थालनी गर्न सक्नुहुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहीबारका दिन मीन राशिमा जातकले सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका व्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ।

..र अन्त्यमा राशिफलमा जे जस्तो लेखिएता पनी भनिएता पनी हामी भाग्यमा भन्दा धैरे कर्ममा विश्वास गर्न जानियो भने पक्कै पनी त्यसको फल शुभ र फलदायी नै हुन्छ भन्दै हजुरहरुको आजको दिन शुभ /मंगल रहोस। भवतु सब्ब मंगलम !

प्रकाशित मिति २०८० मङ्सिर २० गते बुधबार ११:५२
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७