पत्रकार प्रकाश ढकालको हत्याको रहस्य खुल्यो, तीन जना पक्राउ

पत्रकार प्रकाश ढकालको हत्याको रहस्य खुल्यो, तीन जना पक्राउ

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर १८ गते सोमबार ११:४२

धादिङको कृष्णभीरमा मृत अवस्थामा भेटिएका गायक तथा पत्रकार प्रकाश ढकालको शंकाश्पद मृत्युका सम्बन्धमा नयाँ तथ्यहरु बाहिर आएका छन्। स्वर्गीय ढकालको महत्वपूर्ण डकुमेन्ट रहेको झोला फेला परेपछि उनको हत्या भएको रहस्य खुलेको हो। मंसीर...

धादिङको कृष्णभीरमा मृत अवस्थामा भेटिएका गायक तथा पत्रकार प्रकाश ढकालको शंकाश्पद मृत्युका सम्बन्धमा नयाँ तथ्यहरु बाहिर आएका छन्। स्वर्गीय ढकालको महत्वपूर्ण डकुमेन्ट रहेको झोला फेला परेपछि उनको हत्या भएको रहस्य खुलेको हो।

मंसीर ३ गते सोमबार धादिङको कृष्णभीर मुनि त्रिशुली नदी किनारमा मृत भेटिएका ढकालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी म्याद थपेर आबश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। तर घटना हुने दिन ढकाल चढेको भनिएका बसका चालक र सहचालकहरु रहेको बताइएको छ। प्रहरीले घटनाको बिस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

प्राप्त विवरण अनुसार, तिहार माने पश्चात ढकाल स्याङजाको चापाकोटस्थित घरबाट काठमाण्डौ जान भनेर घरबाट हिडेका थिए। घटना हुँदाको दिन तनहुँको खैरेनीटारबाट बस चढेका ढकाललाई उनी मृत भेटिएको भनिएको कृष्णभीरभन्दा करीब डेढ किलोमिटर पर नै बसका स्टाफहरुले उनलाई बसबाट झारिदिएका थिए। बसबाट झारिए पछि झोला बोकेर हिड्दै गरेको सिसिटिभी फुटेज प्रहरीले समेत फेला पारेको बताइएको छ।

तर उनले प्रहरीलाई फोन गरेर आफूलाई बसले झारिदिएको र त्यही बसमा आफ्नो महत्वपूर्ण डकुमेन्टसहितको झोला छुटेको भन्दै प्रहरीमा खबर गरेको समेत एसपी मिश्रले जानकारी दिए।

बसबाट झारेको भनिएका पत्रकार ढकालले आफ्नो झोला बसमा छुटेको खबर प्रहरीलाई गरेको थिए। तर प्रहरीलाई प्राप्त सिसिटिभी फुटेजमा उनले उक्त झोला बोकेर हिडेको देखिएको बताइएको छ। तर अहिले आएर त्यही झोला प्रहरीले पक्राउ परेका बसका स्टाफहरुसंगबाट बरामद भएको जानकारी दिएको छ।

बसबाट झारिएका र सिसिटिभी फुटेजमा झोला बोकेर हिडेको देखिएका पत्रकार ढकालको उक्त झोला कसरी र कति बेला बसको स्टाफहरुसंग पुग्यो भन्ने कुरा शंकाश्पद रहेको प्राप्त विवरणहरुमा उल्लेख छ।

कृष्णभीरको त्रिशुली नदी किनारमा मृत भेटिएका ढकालको ढकालको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको पाइको पत्रकार कमल सरगमले जानकारी दिएका छन्।

पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार दिउँसोदेखि उनी सम्पर्कविहीन भएका थिए । ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति २०८० मङ्सिर १८ गते सोमबार ११:४२
प्रतिक्रिया दिनुहोस