वेदान्त केसरी महाराजको ४६ औँ महाप्रयाण दिवसमा पुस्तक लोकार्पण

वेदान्त केसरी महाराजको ४६ औँ महाप्रयाण दिवसमा पुस्तक लोकार्पण

सञ्चार बाणी

@SancharBani

२०७९ माघ १२ गते बिहिबार ०३:११

महाराजको जन्म पोखरा फुलबारीमा पिता चिन्तामणी भन्डारी र उहाँकी कान्छी श्रीमतीबाट माईलो सुपुत्रका रुपमा भएको र "फुलवारी" स्थानको नामाकरण पनि स्वामीजीबाटै भएको वास्तविकता स्वामीजीका वंशज श्री तुलाराम भन्डारीले उल्लेख गर्नु भएको थियो ।

पोखरा – २०, भलाममा भव्य र सव्य समारोहको आयोजना गरी मनाइएको समाचार प्राप्त भएको छ । २०७९ साल माघ ११ गते सम्पन्न उक्त कार्यक्रममा पुराणप्राज्ञ श्री मोहन भगिरथ द्वारा तयार पारिएको “पितृमुक्तीस्तुती सङ्ग्रह” नामक ग्रन्थ डा. श्री भोलानारायण रेग्मी ज्यूको करकमलबाट लोकार्पणा भएको थियो । वेदान्त केसरी महाराजको जीवनी बारे प्रकाश पार्दै स्वामीजी का शिष्य वयोबृद्ध श्री टङ्कमान नापित ज्यूले उल्लेखित गुरुको रचना सहित विविध विषयमा प्रकाश पार्नु भएको थियो । स्वामीजीको महाप्रयाण २०३३ साल माघ ११ गते पोखरा प्रस्याङ्गको कुटिमा छदाँ भएको थियो । अन्तकालसम्म उहाँको सेवा उहाँकै चेली सावित्राद्वारा भएको थियो ।

मनलाई बश गरी जितिकन इन्द्रीयहरु
संसारका बिषय सुख बिष झैं गरी बरु ।
वैराग्व्य साथ लि ई मन प्रभुमा रमाई
बाँधि पटल गर भजन भगवानलाई । ।

भलामको कुटीमा महाराज ३१-३२ बर्ष रहनु भएको र आफ्नै हातले सुरम्य बगैंचा तयार पारी सानन्द रहनु भएको साथै रसादि एव्ं भष्मादी दवाईहरु बनाउनमा पनि उहाँको विषेश ज्ञान-दखल रहेको विषयलाई उल्लेख गर्दै वनारसबाट तत विषयको उपाधि ‘आयुर्वेदि शिखामणि’ प्राप्त गर्नु भएको तथ्य नापितले उजागर गर्नु भयो । आफु स्वामी महाराजको शिष्य रहेको र महाराज त्यस बखतको नेपालामा वेदान्तका सर्वश्रेष्ठ ज्ञानी एव्ं भागवतका विख्यात विश्लेषक तथा व्याख्याता रहेको सत्य पनि नापित्द्वारा उद्घाटित गरियो ।

महाराजको जन्म पोखरा फुलबारीमा पिता चिन्तामणी भन्डारी र उहाँकी कान्छी श्रीमतीबाट माईलो सुपुत्रका रुपमा भएको र “फुलवारी” स्थानको नामाकरण पनि स्वामीजीबाटै भएको वास्तविकता स्वामीजीका वंशज श्री तुलाराम भन्डारीले उल्लेख गर्नु भएको थियो । अर्का युवा वक्ता श्री सन्तोष भन्डारीले आध्यात्मिक जीवनको उच्चता बारे आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संचालक श्री सूर्य सुमन थापाले आफूले प्रतक्ष्य देख्न नपाएपनी अन्तरङ्ग चेलाहरु बाट स्वामीजी जस्तो अत्यन्त सरल र विद्वान व्यक्तित्वले आफ्नो जन्मभूमी भलाममा लामो बसाई गरी राष्ट्रभरीनै विख्याती लिनु भएको थाहा पाउँदा आफूलाई गर्व भएको यथार्थता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको प्रारम्भ श्री सत्य साई केन्द्र नदीपुर पोखराका साईरामहरु द्वारा वेदपाठ गर्दै भएको थियो भने बीच -बीचमा गायन गरिएको साई भजनका कारण कार्यक्रमको गरिमा बढेको पाईन्थ्यो । वेदपाठ पछी स्वामी महाराजको सालीकमा स्वामी श्री १०८ तपानन्द गिरिजी महाराज स्वामी श्री १०८ इशानान्द गिरिजी महाराज र श्री सत्य साई सेवा संगठन प्रदेश नं ४ का पूर्व अधक्ष्य श्री राजेन्द्र कायस्थ्यद्वारा माल्यार्पण गरिएको थियो । लोकार्पण गरिएको पुस्तकको कभर चित्र र पुस्तकको उपादेयता बारे डा . भोलाज्यू र संकलक मोहन साईरामद्वारा विशेष प्रकाश पारिएको थियो । झन्डै २०० जनाको उपस्थीतिमा सम्पन्न उक्त कार्यक्रम भगवान श्री सत्य साईबाबामा आरति अर्पण पस्चात प्रसादी ग्रहण गरि सम्पर्ण गरिएको थियो ।

प्रकाशित मिति २०७९ माघ १२ गते बिहिबार ०३:११
प्रतिक्रिया दिनुहोस