अलौकिक कवि देशभक्तसिँह कुँवर प्रतिष्ठानद्वारा बाबा राणा सम्मानित

अलौकिक कवि देशभक्तसिँह कुँवर प्रतिष्ठानद्वारा बाबा राणा सम्मानित

सञ्चार बाणी

@SancharBani

२०७९ भदौ १७ गते शुक्रबार १०:१६

लामो समय गायन क्षेत्रमा रही नेपाली सांगितिक क्षेत्रमा योगदान पुर्याएको कदर गर्दै गायिका राणालाई सम्मान गरीएको आयोजक प्रतिष्ठानले जनाएको छ ।

तीजको अवसरमा गायिका बाबा राणा सम्मानित भएकी छन्। अलौकिक कवि देशभक्तसिँह कुँवर प्रतिष्ठान नेपालले उनलाई एक समारोहको आयोजना गरी सम्मान गरेको हो ।

लामो समय गायन क्षेत्रमा रही नेपाली सांगितिक क्षेत्रमा योगदान पुर्याएको कदर गर्दै गायिका राणालाई सम्मान गरीएको आयोजक प्रतिष्ठानले जनाएको छ । तीजको शुभकामना समारोहबीच उनीसहित कलाप्रेमी कमला कार्की खड्का , शोभा कुँवर,सपना कुँवर, शिक्षासेवी एंव पर्यटन व्यवसायी वुश्व शान्ति थापा कुँवर सम्मानित भए।

रोमबहादुर कार्किको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी एंव साहित्यकार क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर, अलौकिक कवि देशभक्तसिँह कुँवर,पार्वती ढंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति २०७९ भदौ १७ गते शुक्रबार १०:१६
प्रतिक्रिया दिनुहोस