माछापुच्छ्रे -४, लाहाचोकमा तीज बिशेष कार्यक्रम सम्पन्न

माछापुच्छ्रे -४, लाहाचोकमा तीज बिशेष कार्यक्रम सम्पन्न

निराजन अधिकाकी

@SancharBani

२०७९ भदौ १६ गते बिहिबार ०५:५१

असक्त, असाहाय, गरिव दिन दुःखीलाई सहयोग गरि सामाजिक सञ्जाल मार्फत सामाजिक ब्यक्तित्वको रुपमा पहिचान बनाएकी गिबिना मगर कार्यक्रमको आकर्षणको रुपमा थिइन ।

हेमजा, १५ भदौ माछापुच्छे« गाउँपालिका वडा न. ४ लाहाचोकमा रहेको लाहाचोक युवा सञ्जालको आयोजना तथा माछापुच्छे« त्रिशक्ति युनाइटेडको सहकार्यमा मंगलवार तीज बिशेष कार्यक्रम भएको छ ।

नयाँ प्रतिभाको खोजी तथा सस्कृतिको जगेर्ना गर्ने उदेस्यका साथ आयोजना गरिएको कार्यक्रमलाई वडा न. ४ वडा कार्यालयको बिशेष सहयोग रहेको थियो । १८ बर्ष मुनि एकल तीज नृत्य प्रतियोगितामा ३० जना सहभागि भएका थिए । जसमा सदिक्ष सुनार प्रथम, रक्षा नेपाली द्धितिय, सुरक्षा साही तृतिय र आयुषा गहतराज सान्तोना भएका छन् । त्यस्तै उत्कृष्ट भेषभुषामा कृष्टिना क्षेत्री र अनुसासनमा लक्ष्मि अधिकारी रहेको लाहाचोक युवा सञ्जालका सदस्य एंव कार्यक्रम संयोजक पवन अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना हुन सफलले क्रमशः ६ हजार, ४ हजार ५ सय, ३ हजार ५ सय र २ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेका थिए । त्यस्तै उतकृष्ट भेषभुषा र अनुसासन हुन सफललाई नगद रु १÷१ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको थियो । खुल्ला महिला घैटो फुटाउने प्रतियोगितामा सरस्वती चपाइ र सारदा रानाभाटले जितेका थिए । दर्शकबाट उतकृष्ट नृत्य प्रस्तुत गरेकोमा समिता सुनारलाई पुरस्कार दिएको थियो ।

कार्यक्रमको लागि प्रथम पुरसकार बैदेसिक रोजगार मञ्च लाहाचोक, द्धितिय पुरस्कार कृष्णप्रसाद बाँस्तोला, तृतिय पुरस्कार बिष्णुप्रसाद अधिकारी, सान्त्वना राजेन्द्र अधिकारी, भेषभुष दिपक अधिकारी र अनुसासीत नृत्य सन्तोस बाँस्तोला र घैटो फुटाउने सनम नेपालीले प्रयोजन गरेका थिए ।

प्रतियोगितामा दानबहादुर गुरुङ, जिवन सुनार, सम्झना ढकाल र रञ्जिता श्रेष्ठ गौतम निर्णायकमा रहेका कार्यक्रम सहजकर्ता सुसिल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमलाई थप रोचक बनाउन घले होमस्टेका सञ्चालक भगवान साहिले सहभागि दर्शक मध्य लामो कपाल हुने, गरगहन बिनाको उत्कृष्ट पहिरन, टाडा कर्म घर भएकी चेली, उत्कृष्ट समुह लगाएत बिभिन्न बिधामा पुरस्कार घोसण गरेका थिए । उक्त अबसरमा राजेस र राजन परियारको संयोजनमा लाखे नाच प्रस्तुत गरेका थिए । त्यस्तै मखलाल र इन्द्र परियारको संयोजनमा नौमती बाजा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै माछापुच्छे« गाँउपलिका उपाध्यक्ष सिता अधिकारीले आयोजक प्रति धन्यवाद दिदै हरितालिका तीजको शुभकामना दिइन । कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी, बिभिन्न राजनितिक दलका प्रतिनिधि, सामाजिक संघ सस्था, आमा समुह लगाएत अन्य सामाजिक ब्यक्तित्वको बिशेष उपस्थिति रहेको थियो ।

असक्त, असाहाय, गरिव दिन दुःखीलाई सहयोग गरि सामाजिक सञ्जाल मार्फत सामाजिक ब्यक्तित्वको रुपमा पहिचान बनाएकी गिबिना मगर कार्यक्रमको आकर्षणको रुपमा थिइन । कार्यक्रम सफल पार्न बिदेशमा रहेर पनि सगुन अधिकारी र अमृत पौडेलको उल्लेखनिय भुमिका रहेको थियो । कार्यक्रम अबधिभर अफिसियल फोटो भिडियोमा BK1 – YouTube च्यानलका सञ्चालक भुवन अधिकारी रहेका थिए ।

माछापुच्छे« त्रिशक्ति युनाइटेडका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन करुणा ढकाल र अनिता अधिकारीले गरेका थिए । कार्यक्रम सञ्चलनमा दिपक अधिकारीले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति २०७९ भदौ १६ गते बिहिबार ०५:५१
प्रतिक्रिया दिनुहोस