लियो ३२५ जे नेपालको पहिलो बोड बैठक सम्पन्न

लियो ३२५ जे नेपालको पहिलो बोड बैठक सम्पन्न

निराजन अधिकाकी

@SancharBani

२०७९ साउन २६ गते बिहिबार ०७:५२

लियो क्लव अफ हेमजाले सर्भिस ज्याकेट प्रदर्शन गर्नुको साथै बितरण गरिएको थियो ज्याकेट पोखरा २५ हेमजा युनाइटेडले सहयोग रहेको थियो ।

हेमजा, २१ श्रावण, लियो जिल्ला परिषद ३२५ जे नेपालको पहिलो बोड बैठक लियो हेमजाको संयोजनमा शनिवार पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।

बैठकमा बार्षिक कार्य योजनाको बारेमा छलपल भएको थियो । परिषदका लायन्स वर्ष २२।२३ का अध्यक्ष लियो किरण थापा मैनालीको सभा अध्यक्षतामा बैठक भएको हो । लायन्स लियो ३२५ जे नेपालका चिप एडभाइजर लायन रामराज थापाको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्लाका बिभिन्न पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकले यस लायन वर्षका लागि बजेट तथा वार्षिक कार्ययोजना तय गर्नुका साथै जिल्लाको पहिलो जिल्ला परिषद् बैठक भाद्र अन्तिम साता काठमाडौंमा गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । उक्त अबसरमा लियो क्लव अफ हेमजाले सर्भिस ज्याकेट प्रदर्शन गर्नुको साथै बितरण गरिएको थियो ज्याकेट पोखरा २५ हेमजा युनाइटेडले सहयोग रहेको थियो ।

बैठकको अवसरमा लियो क्लब अफ हेमजाले लि. स्वस्तिका बाँस्तोला, लि. अनिता के.सी, लि. अनिसा अधिकारी, लि. रुबिना कुँवर, लि. मनिसा के.सी, लि. गोविन्द तिमिल्सिना, लि. दिवश बराल, लि. उज्ज्वल त्रिपाठी, लि. अभिनय अधिकारी र लि. प्रबिन अधिकारीलाई नयाँ सदस्यको रुपमा स्वागत गरेको थियो

जिल्लाका उपाध्यक्ष लि. बिष्णु प्रसाद दाहालले स्वागत गरि सुरु भएको बैठकमा ध्वजाको अभिबादन कमिटीका प्रमुख लि. सबिना तिमिल्सिनाले र लियो प्लेज परिषदका क्षेत्रीय संयोजक लि. संंगित श्रेष्ठले गरेका थिए सो बैठकको संचालन जिल्ला सचीव लि. सस्मिना खतिवडाले गरेकी थिइन् भने बैठकको संयोजन लियो क्लब अफ हेमजाका अध्यक्ष लि. निराजन अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७९ साउन २६ गते बिहिबार ०७:५२
प्रतिक्रिया दिनुहोस