२५ मिनेटको उक्त गीतको म्युजिक एरेन्ज सुनिल परियारले गरेका हुन भने गीत रेकर्ड पोखराको नमस्ते पेखरा ब्रोडकास्टिङ स्टुडियो प़ा ली.बाट साहिल गायकले गरेका हुन
हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजलाइ लक्षित गर्दै बजारमा तिजगीतको होडबाजी चलिरहेकै बेला पनि विशुध्द मौलिक गीत कमै आइरहेको पाइन्छ । थोरै मौलिक गीत मध्यको यौटा गीत “टिकटक छोडिन्न” पनि एक हो प्रदेशी भुमिमा रहेर मौलिक श्रृजनामा कलम चलाउदै साङ्गीतिक क्षेत्रमा उदाउन खोजिरहेका सर्जक नयन शर्माको उत्कृष्ट लय शब्द श्रृजनामा बजारमा आएको उक्त गीतमा चर्चित गायक रामजी पौडेल,बलराम अधिकारी,नबिन शर्मा,बिष्णु दाहाल,सम्झना क्षत्री,कल्पना सिग्देल रअर्चना चापागाइको आवाज रहेको छ
अन्तर्राष्ट्रिय बुहारी नामले टिकटकमा चर्चित बिनिता पौडेल,मिना भट्टराई,कल्पना सिग्देल,कुमार गौतम,रेशम थापा,मुन्द्रेमान श्रेष्ठ र नबिन लामिछानेको अभिनय रहेको छ पारिवारिक संवादमा रहेको उक्त गीतले परम्परागत शैलिको तिज माइति लिन गएपछी मात्र चेली तिजमान्न आउनेदेखि लिएर समाजमा सामाजिक सञ्जाल टिकटकको दुरुपयोगले गर्दा पारिवारिक खटपट कसरी हुन्छ भन्ने बिषय सम्म समेट्न खोजिएको छ ।
उक्त गीतमा सुमधुर संवाद पारिवारिक कलह खुशी हर्ष र केही पिडा पनि महसुस गर्न सकिन्छ । लगभग २५ मिनेटको उक्त गीतको म्युजिक एरेन्ज सुनिल परियारले गरेका हुन भने गीत रेकर्ड पोखराको नमस्ते पेखरा ब्रोडकास्टिङ स्टुडियो प़ा ली.बाट साहिल गायकले गरेका हुन गीतको मिक्सिङ कार्य काठमाडौंको मारूनि स्टुडियोमा गरिएको हो। उदयमान निर्देशक पदम नेपालीको निर्देशनमा रहेको उक्त गीतको भिडियो उत्कृस्ट बनेको छ !
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807