एमालेले चुनाव जितिसको घोषणा हुन मात्रै बाँकी – भण्डारी

एमालेले चुनाव जितिसको घोषणा हुन मात्रै बाँकी – भण्डारी

ऋषिराम दाहाल

@SancharBani

२०७९ बैशाख २१ गते बुधबार ०८:३३

नेकपा एमाले पाेखरा २६ का वडा अध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारीले जित हासिल गरिसकेकाे र अब घाेषणा हुन मात्रै बाँकी रहेको बताए ।भण्डारीले एमाले प्रती जनताकाे उल्लेखनीय उल्साहा रहेको र एमाले नै बिकास गर्ने पार्टी रहेको बताए...

नेकपा एमाले पाेखरा २६ का वडा अध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारीले जित हासिल गरिसकेकाे र अब घाेषणा हुन मात्रै बाँकी रहेको बताए ।भण्डारीले एमाले प्रती जनताकाे उल्लेखनीय उल्साहा रहेको र एमाले नै बिकास गर्ने पार्टी रहेको बताए ।

नेकपा एमाले कास्की जिल्ला सदस्य रमेश रानाभाटले अहिलेकाे चुनावमा एमाले वडा नम्बर २६का उम्मेदवार ले १०००भन्दा बढि मतले बिजय गर्ने बताए ।वडा सदस्यका उम्मेदवार धुर्व थापाले युवाहरूकाे माग र समस्या पूरा गर्न एमाले ले मात्रै गर्ने सक्ने बताए अर्को उम्मेदवार बसन्त बन्जराले हामीले तयार पारेको घाेषणा पालान गर्ने बताए महिला उम्मेदवार प्रमिला बराल भण्डारी ले महिला काे हकहित मा काम गर्ने पार्टी एमाले मात्रै भएको बताईन त्यसैगरि दलित महिला सदस्य सर्मिला सुनारले दलित तथा जनजातिकाे समस्याकाे हलगर्ने पार्टी एमाले मात्रै भएको बताईन् ।

पाेखरा २६का नेकपा एमाले उम्मेदवारले घरदैलाे कार्यक्रम नियमित गरेका छन् । चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५जनालाई नजिताई विश्राम नगर्ने बताउदै तिमिल्सिनाकाे नेतृत्वमा गरेर भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुराेध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष दिपक नाथ भण्डारी तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकाेटा ,खड्का रानाभाट,बिकास अधिकारी,बामदेब ढुंगाना,रामहरि ढुंगाना,रामकृष्ण जि.सी. लगायत पदाधिकारीहरुकाे सकृय सहभागिता रहेकाे थियाे ।अाज सिमलपाेखरा,पैलिकाे फेदि,घैटेखाेर,खरानेफाँट लगायत ठाउँमा घर दैलाे गरेका छन।घरदैलो कार्यक्रममा ३००जना भन्दा बढि उपस्थिति रहे काे प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताए ।

प्रकाशित मिति २०७९ बैशाख २१ गते बुधबार ०८:३३
प्रतिक्रिया दिनुहोस