को हुन् वडा नम्बर २६ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सूर्य नाथ भण्डारी

को हुन् वडा नम्बर २६ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सूर्य नाथ भण्डारी

ऋषिराम दाहाल

@SancharBani

२०७९ बैशाख १३ गते मङ्गलबार ०६:४४

पाेखरा माहानगरपालिका वडा नम्बर २६ मा नेकपा एमालेको तर्फबाट सूर्य नाथ भण्डारीले उम्मेदवारी दिएका छन । भण्डारीले २०४४ सालमा भवानी कालिकाबाट अखिलकाे अध्यक्ष हुदै राजनिती यात्रा सुरु गरेका थिए । भण्डारी साविक लेखनाथ ४ काे पार्टी...

पाेखरा माहानगरपालिका वडा नम्बर २६ मा नेकपा एमालेको तर्फबाट सूर्य नाथ भण्डारीले उम्मेदवारी दिएका छन । भण्डारीले २०४४ सालमा भवानी कालिकाबाट अखिलकाे अध्यक्ष हुदै राजनिती यात्रा सुरु गरेका थिए ।

भण्डारी साविक लेखनाथ ४ काे पार्टी अध्यक्ष ,युवा संघ लेखनाथकाे संस्थापक अध्यक्ष ,पार्टी पुर्व जिल्ला सदस्य हुँदै अहिले पाेखरा महानगरपालिका वडा नम्बर २६ का एमाले तर्फबाट वडा अध्यक्ष सिफारिस भएका हुन ।

बि. स. २०३१ मङ्सिर २५ गते जन्मिएका भण्डारीको पढाइ बिए पास सम्म रहेको छ ।
गुँदे ताल तथा वातावरण संरक्षण समितिका अध्यक्ष ,
जल्धारे बचत तथा ऋण सहकारी संस्था – कार्यकारी सदस्य
लेखनाथ सानासहरी खानेपानीको सन्चालक समिती सदस्य
नेपाल रेडक्रस सोसाईटी राखी उपशाखाको सल्लाहकार
पुष्पकमल स्मृती प्रतिस्ठानको कार्यसमिती सदस्य
लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रको अाजिवन सदस्य
राखी उप स्वास्थ्य चौकीको उपाध्यक्ष
धनन्जय गोत्रिय भन्डारी समाजको केन्द्रिय सदस्य लगायत थुप्रै संग संस्थामा रहेका छन् ।

त्यस्तै २६ बाट सदस्यमा धुर्व थापा, बन्सत बन्जरा ,सर्मिला सुनार र प्रमिला बराल भण्डारीको उम्मेदवारी रहेको छ ।

प्रकाशित मिति २०७९ बैशाख १३ गते मङ्गलबार ०६:४४
प्रतिक्रिया दिनुहोस