बिग बसका चर्चित प्रतियोगी स्वामी ओमको निधन,

बिग बसका चर्चित प्रतियोगी स्वामी ओमको निधन,

सञ्चार बाणी

@SancharBani

२०७७ माघ २१ गते बुधबार १०:५९

बिग बस १० का प्रतियोगी स्वामी ओमको निधन भएको छ । स्वामी ओम पछिल्ला केही दिनदेखि बिरामी थिए । बुधबार ३ फेब्रुअरीमा उनको निधन भएको हो । करिब दुई महिना अघि उनी कोरोना पोजेटिभ भएका थिए, तत्पश्चात् उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना...

बिग बस १० का प्रतियोगी स्वामी ओमको निधन भएको छ । स्वामी ओम पछिल्ला केही दिनदेखि बिरामी थिए । बुधबार ३ फेब्रुअरीमा उनको निधन भएको हो । करिब दुई महिना अघि उनी कोरोना पोजेटिभ भएका थिए, तत्पश्चात् उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । ठिक भएपछि उनी अस्पतालबाट डिस्चार्ज पनि भएका थिए तर शारीरिक कमजोरी र केही रोगका कारण बुधबार उनको निधन भएको भारतीय सञ्चार माध्यमले बताएको छ ।

स्वामी ओम दिल्लीको अंकुर विहार रोहिणी इलाकामा बस्दथे । उनको आजै अन्तिम संस्कार गरिएको छ ।

स्मरण रहोस्, स्वामी ओम बिग बस सिजन १० का सर्वाधिक चर्चित प्रतियोगी हुन् । उनको विवादित बयान चर्चामा छाइरहन्थ्यो । बिग बस १० मा उनले आफ्ना एक सह–प्रतियोगी बानी जेमाथि पिसाब फ्याँकेका थिए । त्यसपछि बिग बसले उनलाई घरबाट निकालिदिएको थियो । बिग बस १० पश्चात् पनि स्वामी ओम आफ्नो बयानका लागि चर्चामा छाइरहे ।

प्रकाशित मिति २०७७ माघ २१ गते बुधबार १०:५९
प्रतिक्रिया दिनुहोस