पछिल्लो समय टर्कीमा बस्दै आएका सिरियाली मानिसहरुबीचमा अनौठो ट्रेण्ड चलिरहेको छ। केरा खाँ’दै, केराकै विषयमा जोक गर्दै गरेका भिडियोहरु सोसल मिडियामा अपलोड गरिरहेका छन् उनीहरु । टिकटकमा भाइरल बनिरहेका भिडियोहरुमा केरा खा’ए र जोक...
पछिल्लो समय टर्कीमा बस्दै आएका सिरियाली मानिसहरुबीचमा अनौठो ट्रेण्ड चलिरहेको छ। केरा खाँ’दै, केराकै विषयमा जोक गर्दै गरेका भिडियोहरु सोसल मिडियामा अपलोड गरिरहेका छन् उनीहरु । टिकटकमा भाइरल बनिरहेका भिडियोहरुमा केरा खा’ए र जोक गर्ने च्यालेन्ज निकै फैलिरहेको छ।
यी भिडियोहरु आपत्तिजनक देखिँदैनन् र टिकटकको न्यूनतम मापदण्ड भन्दा पनि बाहिर छैनन्। तर यी भिडियोहरु स्वयं जोक गर्ने सिरियाली नागरिकहरुका लागि भने ग ल पा सो बन्दैछन् । घृ णा फैलाउनका लागि उ त्ते ज क तबरले सिरियनहरुले केरा खा’एको आरोप टर्किस अधिकारीहरुले लगाएका छन् । त्यसरी केरा खा ए र जोक गर्दै भिडियो हाल्ने दर्जनौँ सिरियालीहरु प’क्राउ परिसकेका छन् र उनीहरुलाई देश निकाला गरिँदैछ । टर्कीमा रहेको ठूलो सिरियन समुदायको बीचमा ति क्त ता बढिरहेको बेला केरा विभाजनको प्रतीक बनेको छ ।
टर्कीको पछिल्लो खराब आर्थिक अवस्थाका विषयमा सिरियन र टर्किस व्यक्तिहरुबीच भएको तातो बहसको भाइरल भिडियोबाट यो केरा च्यालेन्ज प्रभावित भएको हो । टर्कीमा पछिल्लो उच्च मुद्रास्फितिका कारण जनजिविका प्रभावित हुँदै गएको छ । उक्त भिडियोमा एकजना सिरियाली युवतीले फरर्र टर्किस भाषामा बोल्दै शरणार्थीहरुको कार्य नैतिकताको विषयमा बचाउ गरिरहेकी हुन्छिन् । तर त्यसको जवाफमा एक टर्किस नागरिकले चाहीँ सिरियन र अफगानहरुले जागिरमा ठाउँ ओगटेकै कारण टर्किसहरुले आफ्नै देशमा जागिर पाउन छाडेको दाबी गर्दछन् ।
टर्किस प्रहरीले यस्तो केराको जोक गर्दै टिकटकमा भिडियो हाल्ने ११ जना सिरियालीलाई प क्रा उ गरेको र उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी देश निकाला गरिने बताएको छ। त्यस्तै राजधानी इस्तानबुलमा केरा च्यालेन्जका बारेमा टेलिभिजन रि पो र्ट तयार पार्ने एक सिरियाली पत्रकारलाई पनि प्रहरीले पक्राउ गरेको छ। टर्कीको आप्रवासन महानिर्देशनालयका अनुसार यस्तो भिडियो राख्ने अभियानमा संलग्न हरेकलाई कारवाही गरिने जनाएको छ । बीबीसीबाट
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807