आधुनिकताको नाममा च्या’तिएका र क्ष’तविक्ष’त कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बा’धा व्य’वधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ ।
पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्या’तिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन गर्ने क्रममै च्या’तेर, कोतरेर, क्ष’तविक्ष’त बनाउने गरिएको छ । यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन् ।

संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई च्या’तिएको वस्त्र लगाउनु अशुभ हुने बताउनुहुन्छ । यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा स्वतः बा’धक बन्ने उहाँको विश्लेषण छ । भट्टराई भन्नुहुन्छ, “च्या’तिएका पोशाक लगाउनेहरु लक्ष्यमा पुग्न सक्दैनन् ।”
मुसाले का’टेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै उहा जोड दिनुहन्छ, “जसले च्या’तिएका कपडा लगाउँछ, उसको भविष्य कमजोर हुन्छ ।” यसका अतिरिक्त छोटो र शरीरका अं’ग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीतलिं गीहरुको आकर्षण बढ्ने र यसले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा शरीरका अं’ग प्रत्यांग छो’पेर हिँड्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय सल्लाहकार डा दण्डपाणि उपाध्याय अर्याल टुटेफुटेका, भाँडाकुँडा, घरमा राखेमा जुन ढंगको अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुने बताउनुहुन्छ । अर्याल भन्नुहुन्छ, “च्या/तिएका कपडा लगाएमा छुद्रता, दु’ष्टता, दरिद्रतातर्फ उन्मुख गराउँछ ।” यस्ता कपडा लगाउने व्यक्तिलाई ऐश्वर्य र वैभव प्राप्त नहुनेमा जोड दिंदै उहाँ भन्नुहुन्छ, “यस्ता व्यक्तिले जति कमाउँछन्, उति नोक्सान गर्दै जान्छन् । क्ष’ति र खती बढी हुन्छ ।”

संस्कृतका विद्वान् डा गुरुप्रसाद सुवेदी च्यातिएका कपडाले अमंगल र कल्याण नहुने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । आगो लागेका, प्वाल परेका र च्या’तिएका कपडालाई पूजापाठमा समेत प्रयोग गर्न नमिल्ने चर्चा गर्दै उहाँ भन्नुहुन्छ, “कपडा भनेको सम्मान र इज्जतको प्रतीक हो । जस्तो कपडा लगाउँछ, यसको जीवनचर्या त्यस्तै हुन्छ ।”
धर्मशास्त्रमा फाटे टुटेका नलगाउनु भन्ने स्पष्ट निर्देशन रहेकाले पनि शास्त्रीय मान्यताअनुसार च्या’तिएका, फाटेका र फटाइएका पोशाक लगाउने व्यक्तिको व्यक्तित्व र भविष्य पनि त्यस्तै जीर्ण बन्नेमा उहाँ जोड दिँदै उहाँ बताउनुहुन्छ, “च्यातिएका पोशाक लगाउने व्यक्ति प्रगतिशील, निर्वाणात्मक दिशातर्फ उन्मुख नभएर क्ष’तविक्ष’त, जीर्णशीर्ण अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ ।”

लेखक लक्ष्मण भण्डारी समाजले रुचाउने पोशाक लगाउनु पर्छ तर एकाएक गरिने परिवर्तन समाजका लागि पाच्य नहुने बताउनुहन्छ ।हेरौ भिडीयो
प्रकाशित मिति २०७८ कार्तिक २८ गते आईतबार ०१:२९