यी उपायले साडी लगाउनुहाेस आकर्षक देखिनहुन्छ ?

यी उपायले साडी लगाउनुहाेस आकर्षक देखिनहुन्छ ?

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २६ गते शुक्रबार १२:१६

साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ। ब्लाउजको फिटिङः साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै...

साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ।

ब्लाउजको फिटिङः
साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै टाइट ब्लाउजले तपाईंको लुकलाई बिगार्न सक्छ। साडी कहिले पनि कम्मरभन्दा निकै माथि र निकै मुनी नलगाउनुहोस् । यसो गर्दा हाम्रो उचाई कम देखिनसक्छ।

सही जुत्ताको छनोटः
साडीमा जुत्ता देखिँदैन भनेर मानिसहरुले साडी लगाउँदा जुत्तामा खासै ध्यान दिँदैनन् । तर साडीको रङसँग मिल्दोजुल्दो जुत्ता वा न्यूड रङको जुत्ता लगाउनुहोस् ।

मुजामा ध्यान दिनुहोस्ः
साडीमा सहज महसुस गर्नका लागि साडीको मुजामा विशेष ध्यान दिनुहोस् । मुजा धेरै पनि बनाउनु हुँदैन र थोरै पनि हुनु हुँदैन। साडीको पूरा लुक मुजाबाट नै आउने गर्छ।

प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार १२:१६
प्रतिक्रिया दिनुहोस