युवा समाजसेबि ब्यक्तित्व चेतन अर्यालको गुल्मीमा भब्य सम्मान गरिएको छ।मुसिकोट नगरपालिका ५ बेलकोट साबिक ऑपचौर गा बि स ७ ऑटिघर नजिकमा अवस्थित बराह मन्दिर परिसर भित्र निर्माण गरिएको आवास भवनमा भएका कोठा हरू मध्ये एऊटा कोठा निर्माणको लागि भएको खर्च रू ५ लाख पचपन्न हजार पॉच सय पचपन्न दानबिर चेतन अर्यालले समिति लाई उपलब्ध गराउनु भएको पावन अवसरमा मन्दिर ब्यबस्थापन समितिको तर्फ देखि अर्याल सहित उहॉको परिवारका सदस्य हरू लाई भब्य सम्मान गरिएको समितिका सहसचिब हिरा अर्यालले युनिक खवर डट कम लाई जानकारीदिनु भएको छ।

आफु सानो छंदा बुवा लगायत परिवारका आफन्तजन हरू गुमाएको संस्मरण गर्दै सम्पुर्ण पितृ हरूको स्मृतिमा आफुले मन्दिरको लागि सहयोग गरेको सहयोगदाता चेतन अर्यालले बताऊनु भयो।’म बाध्यता र बिबशताले सानै उमेर देखि बिदेशिन पुगें,म स्वयं यस स्थानमै रहेर यस किसिमका रचनात्मक कामको नेतृत्व लिनत समयले साथ दिएन तर जहॉ रहे पनि यस जन्मभुमीको याद आईरहन्छ तसर्थ हाम्रो यस महानकार्यको लागि आफुसक्दो सहयोग गरेको छु’सहयोगदाता अर्यालले हामि संगको कुराकानीमा बताऊनु भयो।

समाजसेबी अर्यालले भन्नुभयो ‘आगामी दिनहरूमा पनि मैले सामाजिक कार्यहरूमा सक्दो सहयोग गर्ने छु’लामो समय पहिले देखि जापान तथा काठमान्डौंमा आफ्नै होटल,रेस्टुरेन्ट ब्यबसाय सन्चालन गर्दै आऊनुभएका चेतन देश भित्र आईपरेका हरेक दुखका क्षण तथा दुखीहरूको सेवामा सहयोग गर्दै आएको जानकारहरूको भनाई छ।
समाजसेवाको साथ साथै सांगितिक क्षेत्रमा समेत रूची भएका चेतन दर्जनौ नेपाली गित हरूमा अभिनय गरेको बताईन्छ।

समाजसेवामा लाग्न र सहयोग गर्न प्रेरित गर्ने अर्यालकी जीवनसंगिनी ईन्दिरा सहित उहॉ हरूका एक छोरा बिबेक अर्याल तथा छोरी ममता अर्याल लाई समेत मन्दिर ब्यबस्थापन समितिको तर्फ देखि फुल माला दोसल्ला ओढाएर भब्य सम्मान गरिएको हो।
दानबिर सम्मान कार्यक्रममा समितिको तर्फ बाट चुरामणी अर्याल,शुवास अर्याल,पदमपाणी अर्याल,बाबुराम अर्याल(सुसान्त),रामु अर्याल,हीरा अर्याल,वडासदस्य लालुराम अर्याल,डिलाराम अर्याल लगायतले दानबिर चेतन अर्याल सहित उहॉको परिवारका सदस्य हरू लाई सम्मान गर्नुभएको हो।
मुनपा ५ मा अवस्थित यस बराह मन्दिर अर्याल हरूको तन मन र धनले निर्माण गरिएको यस क्षेत्रकै आस्थाको केन्द्रको रूपमा लिइन्छ।
करोडौं रकम खर्च भई सकेको यस मन्दिरको भौतिक संरचना निकै आकर्षक साथै मनोरम छ।मन्दिरमा हरेक दिन नियमित पुजा आजा गर्ने गरिएको छ।अर्याल समुदाय भित्रका यज्ञ,पुजा आदि यसै स्थानमा गर्ने गरीन्छ।
धर्म,संस्कृति,आध्यात्मिक चिन्तनको रक्षार्थ यस बराह मन्दिरको गतिबिधी प्रसंसनिय छ।अर्याल परिवार सहित यस क्षेत्रका देश बिदेशमा रहनुभएका सम्पुर्ण आमा बुवा दाजु भाई दिदि बहिनीहरूले आफ्नो प्रगतीका लागी बराह मन्दिरको शक्तिको रहेको बताऊदै आऊनुभएको छ।
सम्मान कार्यक्रममा दानबिर चेतन अर्यालको प्रमुख आतिथ्यता,मन्दिर समितिका अध्यक्ष शुबास अर्यालको अध्यक्षता र सन्चालन हीरा अर्यालले गर्नुभएको थियो।
स्रोत: युनिक खवर डट कम
प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार ११:४०