स्पोर्ट बाइक चढेर सडकमा स्टन्ट देखाउने युवती प क्राउ (भिडियाे सहित)

स्पोर्ट बाइक चढेर सडकमा स्टन्ट देखाउने युवती प क्राउ (भिडियाे सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २४ गते बुधबार ०७:१५

सडकमा स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती प क्राउ परेकी छिन् । यी युवतीले आफ्नो बाइक स्टन्टको भिडियो सामाजिक संजालमा शेयर गरेकी थिइन् । उनको त्यो भिडियो भाइरल भएपछि उनी प क्राउ परेकी हुन् । यी युवतीले स्टन्ट देखाएको पछिल्लो...

सडकमा स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती प क्राउ परेकी छिन् । यी युवतीले आफ्नो बाइक स्टन्टको भिडियो सामाजिक संजालमा शेयर गरेकी थिइन् । उनको त्यो भिडियो भाइरल भएपछि उनी प क्राउ परेकी हुन् । यी युवतीले स्टन्ट देखाएको पछिल्लो भिडियो भारतको गुजरात राज्यको सुरत शहरमा खिचिएको बताइएको छ ।

भिडियोमा उनले सुरतको सडकमा हात छोडेर बाइक कुदाइरहेकी थिइन् । उनलाई यसरी बाइक चलाएर अन्य यात्रुको ज्यान जोखिममा पारेको आरोप लगाइएको छ । यी युवती बारडोलीकी भएको बताइएको छ । उनी त्यहाँबाट केवल बाइक स्टन्टको भिडियो बनाउनका लागि ४२ किलोमिटर टाढा सुरत शहर जाने गरेकी थिइन् ।

पुलिसले यी युवतीलाई प क्राउ गरेको छ । उनीमाथि कोरोना गाइडलाइन अनुसार मास्क नलगाएको आरोप पनि लगाइएको छ । संजना नामकी यी युवती कलेजमा ग्रयाजुएसन दोस्रो वर्षकी छात्रा हुन् । उनको इन्स्टाग्राममा ३.२७ लाख फलोअर छन् । उनले अहिलेसम्म ८० भन्दा धेरै बाइक स्टन्टका भिडियो बनाइसकेकी छिन् ।

भिडियाेः

प्रकाशित मिति २०७८ कार्तिक २४ गते बुधबार ०७:१५
प्रतिक्रिया दिनुहोस