फिल्म सु’टिङको क्रममा जब ऐश्वर्याको कानबाट र’गत बग्यो…

फिल्म सु’टिङको क्रममा जब ऐश्वर्याको कानबाट र’गत बग्यो…

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २३ गते मङ्गलबार ०७:२९

बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् । फिल्ममा...

बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् ।

फिल्ममा शाहरुख खान, माधुरी दीक्षित, ऐश्वर्या राय मुख्य भूमिकामा थिए । फिल्मको सिनले मात्र होइन, गीतले पनि दर्शकको मन जित्न सफल भएको थियो । ऐश्वर्या रायको यसै फिल्मसँग जोडिएको एक कहानी छ ।

फिल्मको गीत ‘डोला रे डोला’ मा माधुरी दीक्षित र ऐश्वर्या राय एक साथ नाचिरहेका थिए । फिल्मको यो गीत अत्यधिक महँगो रहेको थियो । यो गीतमा माधुरी र ऐश्वर्याले नृत्य प्रस्तुत गरेका थिए । यो गीतको सुटिङका लागि २.५ करोड खर्च गरेका थिए ।

यो गीतको कोरियोग्राफ सरोज खानले गरेकी थिइन् । यसै गीतको सु’टिङको क्रममा ऐश्वर्याको कानमा लगाएको झुम्काले कान का’टेको थियो । भारी झुम्काका कारण उनको कानबाट र’गत बग्न थाल्यो । तर, ऐश्वर्या नाच्नमा यति मग्न थिइन् कि उनले कानको चो’टलाई ध्यानै दिइनन् ।

उनले उक्त फिल्मका लागि ‘बेस्ट एक्ट्रेस’ को फिल्मफेयर र आइफा अवार्ड जित्न सफल भएकी थिइन् । उनको यो फिल्म र गित दुवैको निकै चर्चा हुने गर्छ । यसलाई निकै मन पनि पराइएको थियो ।

प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०७:२९
प्रतिक्रिया दिनुहोस