‘छक्का पञ्जा ४’ को ट्रेलरमा नदेखिएपछि रिसाए जितु नेपाल, फिल्ममा नरहने घोषणा

‘छक्का पञ्जा ४’ को ट्रेलरमा नदेखिएपछि रिसाए जितु नेपाल, फिल्ममा नरहने घोषणा

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २३ गते मङ्गलबार ०५:३९

कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताए । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको बताए...

कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताए । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको बताए ।

‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला’ जितुले भने, ‘म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु हुँदैन ।’

महानायक वि’वादका कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच मनमु’टाव बढेको हो । तर, सार्वजनिक कार्यक्रममा भने उनीहरुले आफ्नो सम्बन्ध राम्रो रहेको सन्देश दिदै आएका थिए । व्यक्तिगत रुपमा सम्बन्ध राम्रो भएपछि व्यावसायिक सम्बन्ध बिग्रिएको अनुमान यो ‘छक्का पञ्जा ४’को ट्रेलरबाट समेत लगाउन सकिन्छ ।

दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् । सो ट्रेलर ‘छक्का पञ्जा’ सिरिजका कलाकार अटेपनि जितु भने अटेका छैनन् । यस अगाडि ‘छक्का पञ्जा’का तीनवटै सिरिजमा देखिएका उनी चौथो सिरिजमा नदेखिनुले उनी फिल्ममा नरहने संकेत गरेको छ । फिल्मको अहिलेसम्म छायांकन भएको छैन । फिल्मको छायाँकन नभएपनि दीपक दीपाले प्रचारका लागि भने ट्रेलर बनाएर देखाएका हुन् ।

प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०५:३९
प्रतिक्रिया दिनुहोस