‘सिंघम–३’ मा अजय देवगनका साथमा अक्षय कुमार र रनवीर सिंह

‘सिंघम–३’ मा अजय देवगनका साथमा अक्षय कुमार र रनवीर सिंह

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २३ गते मङ्गलबार ०५:२३

निर्देशक रोहित शेट्टीको हालै रिलिज भएको ‘सूर्यवंशी’ अहिले चर्चामा छ। बक्स अफिसमा राम्रो कमाइ गर्न सफल यो फिल्मले दर्शकलाई महामारीपछि फेरि हलमा दर्शक तान्ने भूमिका खेलेको श्रेय पाइरहेको छ। बलिउडका तीन ठूला स्टार अक्षय कुमार,...

निर्देशक रोहित शेट्टीको हालै रिलिज भएको ‘सूर्यवंशी’ अहिले चर्चामा छ। बक्स अफिसमा राम्रो कमाइ गर्न सफल यो फिल्मले दर्शकलाई महामारीपछि फेरि हलमा दर्शक तान्ने भूमिका खेलेको श्रेय पाइरहेको छ।

बलिउडका तीन ठूला स्टार अक्षय कुमार, अजय देवगन र रनवीर सिंहसहित अभिनेत्री कट्रिना कैफको अभिनय रहेको यो फिल्म फिल्म हिट भएलगत्तै निर्देशक सेट्टी फेरि अर्को फिल्मको तयारीमा जुटेका छन्, जसमा यिनै तीन अभिनेताको अभिनय हुनेछ। बलिउड हंगामाका अनुसार रोहित सेट्टीको निर्देशनमा ‘सिंघम–३’ बन्ने छ, जुन सिंघम सिरिजको तेस्रो फिल्म हुनेछ।

फिल्मको मुख्य भूमिकामा अजय देवगन हुने छन् भने उनीसँगै फिल्ममा अक्षय कुमार र रनवीर सिंह पनि देखिने छन्। ‘सिंगम–३’ भारत र पाकिस्तानबीचको सीमापार आ’तंकवादको विषयमा आधारित हुने स्रोतले जनाएको छ।

पाकिस्तानतिरको कथा पनि भारतमा नै छायांकन हुने बलिउड हं’गामाले बताएको छ। योसँगै अजय, अक्षय र रनवीर दुई वटा फिल्ममा सँगै देखिने छन्।

प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०५:२३
प्रतिक्रिया दिनुहोस