देशकै चर्चित गायिका चढेको बिमान दुर्घटना हुँदा मृत्यु, विमान दुर्घटनामा मृत्यु, दुर्घटनाअघिको भिडियो भाइरल.

देशकै चर्चित गायिका चढेको बिमान दुर्घटना हुँदा मृत्यु, विमान दुर्घटनामा मृत्यु, दुर्घटनाअघिको भिडियो भाइरल.

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २२ गते सोमबार ०७:०२

चर्चित ब्राजिलियन युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ। मेन्डोन्का २६ वर्षकी मात्र थिइन्। ब्राजिलको दक्षिण पूर्वी ग्रामीण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको पनि ज्यान गएको...

चर्चित ब्राजिलियन युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ। मेन्डोन्का २६ वर्षकी मात्र थिइन्। ब्राजिलको दक्षिण पूर्वी ग्रामीण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको पनि ज्यान गएको छ। मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मचारी रहेका छन्।

मेन्डोन्का ग्रामी अवार्ड विजेता थिइन्। सम्बन्धमा असफल भएका महिलाको अनुभवमाथि केन्द्रित रहेर गाएका गीतका कारण उनी चर्चित थिइन्। सन २०१९ मा ल्याटिन ग्रामी विजेता मेन्डोन्का ब्राजिलको संगीतमा सबैभन्दा चिनिने नाम मानिन्थ्यो। गायिका मेन्डोन्साले किशोरावस्थामा आफ्नो क्यारियर सुरु गरेकी थिईन।

उनि सन २०१६ मा प्रशिध्द बनेकी थिईन। उनलाई ब्राजिलको दुःखको रानी पनि भनेर चिनिन्थ्यो। ‘ब्राजिलमा क्विन अफ सफरिङ’ का रुपमा परिचित मेन्डोन्काले महामारीका कारण स्टेजका प्रस्तुतिहरु रद्द भएपछि अनलाइनमार्फत गरेका ‘गिग्स’ मा एकैपटक ३३ लाखसम्म दर्शक ओइरिएका थिए।

दुई वर्षीय छोराकी आमा मेन्डोन्काले शुक्रबार कन्सर्ट गर्ने कार्यक्रम थियो। कन्सर्ट हुने ठाउँ दुर्घटना भएको क्षेत्रभन्दा १२ किलोमिटर दूरीमा पर्छ। घटनाभन्दा ठीक अघि उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी थिइन् । उक्त भिडियोमा उनले निजी विमान चढ्न लागेको देख्न सकिन्छ । सोही भिडियो यतिबेला भाइरल बनेको छ ।

प्रकाशित मिति २०७८ कार्तिक २२ गते सोमबार ०७:०२
प्रतिक्रिया दिनुहोस