यसकारण देखिन्छ उमेर नपुग्दै बुढो

यसकारण देखिन्छ उमेर नपुग्दै बुढो

सञ्चार बाणी

@SancharBani

२०७७ माघ १३ गते मङ्गलबार ०७:५९

मानिस बुढो एक प्राकृतिक प्रक्रिया हो । बालक, युवा, अधवैशे हुदै मानिस बुढो हुन्छ । तर कतिपय मानिस भने उमेर नपुग्दै बुढो देखिन्छ । आखिर किन उमेर अगावै मानिस बुढो देखिन्छ त ? आजकलको खराब जीवनशैली, खानपान, खराब सोच चिन्तनले मानिसलाई उमेर...

मानिस बुढो एक प्राकृतिक प्रक्रिया हो । बालक, युवा, अधवैशे हुदै मानिस बुढो हुन्छ । तर कतिपय मानिस भने उमेर नपुग्दै बुढो देखिन्छ । आखिर किन उमेर अगावै मानिस बुढो देखिन्छ त ? आजकलको खराब जीवनशैली, खानपान, खराब सोच चिन्तनले मानिसलाई उमेर अगावै बुढ्यौलीमा पुर्‍याउँछ । समय अगावै बुढो हुनबाट बच्न के गर्ने त ?

१. गलत खानपान त्याग्ने
आधुनिक युगको प्रवेशसंगै मानिसले गलत खानपान खाने गरेका छन् । पहिले अर्गानिक र सादा खानाको प्रयोग हुन्थ्यो । तर आजकल तारेको, भुटेको र बाहिरको खानाले हाम्रो स्वास्थ्यका साथै मुटुमा असर गर्दछ । र मानिस समय अगावै बुढो हुन पुग्दछ ।

२. बिना परीश्रम बस्नु
आजकल धेरै मानिसहरु बिना परीश्रम लामो समय बसेर बिताउँछन् । कार्यालयमा काम गर्नेहरु अधिकाशंको काम बसेर नै हुन्छ । तर लामो समय बसिरहँदा शरिरमा क्यालोरी बढ्दछ । जो मुटुकालागि राम्रो मानिदैन । मुटु स्वस्थ्य नभए मानिसको आयु घट्दछ ।

३. धु’म्रपान
धु’म्रपानले रगतलाई टुक्र्याउँछ । यसले कोरिनरी आर्टरी, मस्तिष्कसम्म पुग्ने धमनिलाई पनि प्रभावित पार्दछ । जसका कारण धु’म्रपान गर्ने व्यक्तिमा स्ट्रोकको संभावना बढेर जान्छ । यसका साथै ध’म्रपानले रगतको प्लेटलेट्स न’ष्ट गर्ने, खराव कोलेस्ट्रोलको मात्रा बढाउनेदेखि धमनिलाई सुकाउने काम समेत गर्छ ।

४. म’दिरा
मदि’रा सेवनपछि मानिसमा रक्तचाप बढेर जान्छ र मुटुलाई प्रभावित पार्दछ । म’दिराले शरिरमा भएको भिटामिन बी र सीलाई न’ष्ट पार्दछ । साथै म’दिराले मुटुको मांशपेसीलाई कमजोर पार्दै लैजान्छ । यसका साथै मदिराकै कारणले हर्टए’ट्याक, स्ट्रोक र उच्च रक्तचाप पनि हुन सक्छ ।

५. तना’व
तनावले समेत मानिसलाई चाँडै बुढो बनाउँछ । त’नावले रक्तचाप र कोलेस्ट्रोल बढाउँछ । यस्तोमा व्यक्तिमा हर्टए’ट्याकको ख’तरा बढेर जान्छ ।

प्रकाशित मिति २०७७ माघ १३ गते मङ्गलबार ०७:५९
प्रतिक्रिया दिनुहोस