बिरामी परेको भैंसीको मासुले गाउँ नै आ’तंकित

बिरामी परेको भैंसीको मासुले गाउँ नै आ’तंकित

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १४ गते आईतबार ०२:५०

रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आ'तंकित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टो'केर बिरामी परेको भैंसी का'टेर मासु खाँदा गाउँ नै आ'तंकित भएको हो । गत असोज १९ गते घटस्थापनाका...

रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आ’तंकित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टो’केर बिरामी परेको भैंसी का’टेर मासु खाँदा गाउँ नै आ’तंकित भएको हो ।

गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई का’टेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भए पनि अहिले मात्र सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पीपलडाँडाबाट भैंसी ल्याई का’टेर प्रतिकेजी २ सय ५० रुपियाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी कुल १ सय ४० जनाले पकाएर खाएका थिए ।

वडाध्यक्ष बेल्वासेले भने– ‘भैंसी कुकुरले टो’केर केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छालामात्र प्रयोग गर्छौं भनी उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा का’टेर बिक्री गर्नुभएको रहेछ ।’ उक्त मासु खानेमा बच्चादेखि वृद्धसम्म रहेका उहाँले बताउनुभयो । अस्वस्थ मासु बिक्री–वितरण गरेको भन्दै दो’षीहरुलाई आवश्यक का’रबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताए ।

कुकुरले टो’केर बिरामी परेको भैंसीको मासु का’टेको घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबिजवि’रुद्धको खोप लगाएको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवद्र्धक खाद्यान्नसम्बन्धी चेतनाको अभाव रहेकाले उक्त समस्या उत्पन्न भएको बताए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति २०७८ कार्तिक १४ गते आईतबार ०२:५०
प्रतिक्रिया दिनुहोस