पोखरा, १२ माघ । कलाकार धनबहादुर गायकको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा सोमबार बिहान साढे ८ बजे उनको निधन भएको हो ।
खोलामा नुहाउने क्रममा ल’डेर घाइते भएका गायकको आइतबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार हुँदै आएकोमा बिहान दुःखद निधन भएको जानकारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले दिए । उनमा उच्च रक्तचाप समस्या समेत थियो ।
पोखरा १६ बाटुलेचौर निवासी कलाकार गायक सारङ्गी वाधकको रुपमा सबैमाझ परिचित थिए । यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली जस्ता चर्चित गीतका उनी सर्जक थिए ।
क्रिस्चियन धर्म मान्दै आएका कलाकार गायकको क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । श’व अहिले अस्पतालबाट उनको निवास बाटुलेचौरमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको छ ।
प्रकाशित मिति २०७७ माघ १२ गते सोमबार ०५:०४