नराम्री भनेर फिल्मबाट निकालिएकी तप्सी बनिन् यसरी बनिन सफल अभिनेत्री (फाेटाे फिचर)

नराम्री भनेर फिल्मबाट निकालिएकी तप्सी बनिन् यसरी बनिन सफल अभिनेत्री (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १३ गते शनिवार १२:४०

बलिउड अभिनेत्री तप्सी पन्नु वक्सअफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन्। एक वर्षको अवधिमा रिलिज भएका तप्सीका पाँच सिनेमाले वक्सअफिसमा ३ सय ५२ करोड भारू कमाइ गरेपछि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्री बनेकी हुन्। एक वर्षको अवधिमा...

बलिउड अभिनेत्री तप्सी पन्नु वक्सअफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन्। एक वर्षको अवधिमा रिलिज भएका तप्सीका पाँच सिनेमाले वक्सअफिसमा ३ सय ५२ करोड भारू कमाइ गरेपछि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्री बनेकी हुन्।

एक वर्षको अवधिमा तप्सीले ‘मिसन मंगल’ ‘गेम ओभर’, ‘बदला’,’साड की आँख’ र ‘थप्पड’ गरी पाँच सिनेमा रिलिज भएका थिए। यी पाँचै सिनेमाका लागि तप्सीले समीक्षक र दर्शकबाट राम्रो तारिफ बटुलेकी छन्।

तप्सीको हात हाल ‘रश्मी रकेट’ र ‘हसिन दिलरूबा’ जस्ता सिनेमा छन्। भारतीय अनलाइन पिंकभिल्लासँग कुरा गर्दै उनले सुरुवाती दिनमा धेरै दुख गरेको बताएकी छिन् ।

आफ्नो स्कीन म्याच नगरेको भन्दै डाइरेक्टरले पटक पटक फिल्मबाट निकालेकाे सम्झदै अहिले सफलता पाएकोमा खुशी व्यक्त्त गरेको छिन् ।

प्रकाशित मिति २०७८ कार्तिक १३ गते शनिवार १२:४०
प्रतिक्रिया दिनुहोस