काठमाडौं – युट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ नाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ ।
यो भिडियो श्रीदेवीको...
काठमाडौं – युट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ नाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ ।
यो भिडियो श्रीदेवीको निधन हुनुभन्दा पहिले नै अपलोड गरिएको हो । नोइक्स टिभी नामको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो श्रीदेवीको निधनपछि भाइरल भएको हो ।
पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन । उनी जीवित रहेको भए आज (अगस्ट १३) का दिन ५५ वर्षकी हुने थिइन् ।
श्रीदेवी ती खास अभिनेत्रीमा रहिन् जसले लिङ्ग र भाषाको सीमा पार गरिन् अनि हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् ।
गएको फेब्रुअरीमा दुबईमा उनको निधन भयो । निधनलाई लिएर धेरै विवाद पनि भयो । अहिले उनी छैनन् । तर सामाजिक सञ्जालमा उनले पोस्ट गरेका सामग्रीका आधारमा श्रीदेवीलाई जान्ने प्रयास गरेका छौँ ।
यो भिडियोलाई अहिलेसम्म १ करोड ३० लाख भन्दा बढी पटक हेरिएको छ । यो भिडियोको श्रीदेवीको पुनर्जन्मसँग कुनै सम्बन्ध नभएपछि श्रीदेवीको मृत्युपछि भने यो भिडियो निकै हेरिएको छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807