मुम्बई : पूर्वपो’र्न स्टार एवं अभिनेत्री सनी लियोनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको उनका पति डेनियल वेबरले बताएका छन् । आफ्नो दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाउँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मलाई पो’र्न स्टार सनी लियोनका श्रीमानभन्दा खुसी लाग्छ । सनी हिट पो’र्न स्टार भएकै बेला मैले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ’, पति वेबरले भने,‘ मैले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको थिएँ । म त्यो क्रममा सु’टिङमा थिएँ र पहिलो नजरमै उनलाई मन पराएँ ।’ त्यतिबेलासम्म सनी पो’र्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि यी अभिनेताले बताए ।

पहिलो भेटघाटमै आफूहरू नजिक भएको र त्यसपछि सनीसँग तीन वर्ष प्रेममा रहेको पनि उनले जानकारी गराए । परिवारको सहमतीमा सनी र वेबरले सन २०११ मा विवाह गरेका थिए । सनी र वेबरले सन्तान नजन्माउने निधो गरे । उनीहरूले दुई सन्तानलाई धर्म सन्तानका रूपमा ग्रहण गरेका छन् ।

विवाहपछि सनीको स्वकीयको काम पनि वेबरले गर्दै आएका छन् । जसका कारण सनी लियोनीलाई निकै सजिलो भएको छ । अहिले पनि आफूलाई सबैले पो’र्न स्टार सनीको पतिभन्दा खुसी लाग्ने गरेको वेबरले बताए । उनी आफैं पनि पो’र्न उद्योगसँग जोडिएका कलाकार हुन् ।
प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार ०१:१३