यस्तो छ ३६ सय वर्षअघि बनाइएको विश्वकै पहिलो ब्रम्हाण्ड नक्सा

यस्तो छ ३६ सय वर्षअघि बनाइएको विश्वकै पहिलो ब्रम्हाण्ड नक्सा

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ८ गते सोमबार १२:२१

वर्तमान समयमा प्रविधिको विकासले धेरै कार्यहरुलाई निकै सहज बनाइदिएको छ । हामी पृथ्वीमै बसेर अन्तरिक्ष, तारा तथा ग्रहहरुको सुक्ष्म अवलोकन गर्न सक्दछौं । मानिसले चन्द्रमामा पाइला टेकिसकेको छ र मंगल ग्रहमा पुग्ने कोसिसमा छ । G हरेक...

वर्तमान समयमा प्रविधिको विकासले धेरै कार्यहरुलाई निकै सहज बनाइदिएको छ । हामी पृथ्वीमै बसेर अन्तरिक्ष, तारा तथा ग्रहहरुको सुक्ष्म अवलोकन गर्न सक्दछौं । मानिसले चन्द्रमामा पाइला टेकिसकेको छ र मंगल ग्रहमा पुग्ने कोसिसमा छ ।

G हरेक दिन ब्रम्हाण्डका नयाँ-नयाँ रहस्यहरुको उद्घाटित भैरहेका छन् । तर आजभन्दा सयौं वर्षअघि यस्तो सम्भव थिएन । त्यस समय खगोल वैज्ञानिकहरु तथा खगोल बुझ्ने मानिसहरु त थिए तर प्रविधिको विकास आजको जस्तो थिएन । तथापि उनीहरुले सीमित स्रोत साधनबाटै खगोल विज्ञानलाई बुझ्ने बुझाउने काम गर्दथे ।

त्यस समयमा धातुका पत्रहरुमा नक्सा बनाएर ग्रह तथा ताराहरुको स्थितिको अध्ययन गरिन्थ्यो । त्यस्तै मध्येको एक बहुमूल्य नक्सा बि्रटिस संग्राहलयमा प्रदर्शनका लागि राखिँदैछ । विश्वकै सबैभन्दा पुरानो नक्षत्रहरुको यो नक्सा आम मानिसहरुलाई देखाउनका लागि प्रदर्शनमा राखिने भएको छ ।

यो धातुको नक्साको नाम नेब्रा स्काइ डिस्क हो जुन झण्डै तीन हजार ६०० वर्ष पुरानो छ । यो नक्सा काश्य यूगमा बनेको मानिन्छ ।

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार १२:२१
प्रतिक्रिया दिनुहोस