छोरीको कपाल बिनाअनुमति का’टिदिएको १० लाख डलर क्ष’तिपूर्ति माग

छोरीको कपाल बिनाअनुमति का’टिदिएको १० लाख डलर क्ष’तिपूर्ति माग

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ७ गते आईतबार ०७:०३

काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति का'टिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्ष'तिपूर्ति दाबी गरेका छन्। उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मु'द्दा हालेका...

काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति का’टिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्ष’तिपूर्ति दाबी गरेका छन्। उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मु’द्दा हालेका छन्।

जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार ह’नन भएको दाबी गरेका छन्। उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन्। स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उ’ल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो। ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन।

के भएको थियो?
होफ्मेयरले असोसिएटिड प्रेसलाई बताएअनुसार गत एप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश का’टिएको थियो। उनले विद्यालयको बसमा छोरीका एक सहपाठीले जर्नीको घुम्रिएको लामो केश का’ट्न कैँची चलाएको बताए।

बि’ग्रिएको केश मिलाउन उनलाई हजामका लगिएको भए पनि दुई दिनपछि जर्नी विद्यालयबाट फर्किँदा अर्को भागको केश पनि काटिएको थियो। जर्नीका बुवाले त्यस्तो काम अर्को विद्यार्थीले गरेको ठानेका थिए। तर छोरीले भने त्यसो शिक्षिकाले गरेको बताइन्। उनले एपीलाई बताएअनुसार ती शिक्षिकाले दुवैतिरको केश बराबर बनाइदिन त्यसो गरेकी थिइन्।

मु’द्दामा के छ?
पश्चिम मिशिगनस्थित एउटा सङ्घीय अदालतमा दायर मु’द्दामा माउन्ट प्लीजन्ट पब्लिक स्कूल्स र दुई शिक्षक प्रतिवादी बनाइएको छ। उक्त मु’द्दामा ती बालिकाको संवैधानिक अधिकार हनन भएको तथा रङ्गभेद, जातीय त्रा’स, मनोवैज्ञानिक अस्थिरताका लागि नियतवश व्यवहार र आ’क्रमण गरिएको आ’रोप लगाइएको छ।

शैक्षिक प्रशासनले “आफ्ना कर्मचारीहरूलाई राम्रोसँग तालिम, अनुगमन, निर्देशन, अनुशासनमा राख्न असफल” भएको आ’रोप पनि छ। ती आ’रोपबारे कुनै औपचारिक उत्तर आएको छैन र विद्यालय प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति २०७८ कार्तिक ७ गते आईतबार ०७:०३
प्रतिक्रिया दिनुहोस