सन्सारमा अनौठा घटनाहरु भै रहन्छन् । यस्तै एक अनौठो घटना बाहिर आएको छ, जुन सुन्दा हास्यास्पद लाग्छ तर यो सत्य हो । घटना भने अफ्रिकी मुलुक घानाको हो । त्यहाँ एक युवतीले आफ्ना प्रेमीलाई छोडेर अर्कैसँग बिहे गरिन् । पछि उनलाई महसुस भयो उनका पति त प्रेमी भन्दा कुरुप रहेछन् । त्यसपछि ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान झन नराम्रा हुने डरले घानाकी ती महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।
अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । सुन्दरताका लागि निर्धारण गरेको उनको मापद’ण्डमा खरो उत्रन नसकेका उनका श्रीमानको स्वरूपले खासै समस्या निम्त्याएको थिएन तर जब उनीहरूले सन्तानको योजना बनाए तब ती महिलालाई आफ्ना सन्तान श्रीमान् जस्तै हुने हुन् कि भन्ने डर भयो ।
उनलाई आफ्नो श्रीमानको सबै कुरा मन पर्दथ्यो तर सन्तान ‘कुरूप’ जन्मने हुन् कि भन्दै उनले जोखिम मोल्न नचाहेको बताइन् । त्यसैले उनले श्रीमानसँग स’हवास गरेपछि बच्चा आउन नदिने औषधी नबिर्सी लिन थालिन् ।
लामो समयसम्म पनि ग’र्भ न’बसेपछि उनका श्रीमानले उनलाई लिएर अस्पताल गए । परीक्षण गर्दा दुवै स्वस्थ थिए, कसैमा पनि केही समस्या थिएन । सो कुरा महिलालाई पहिल्यै थाहा थियो । त्यसैले आफ्ना श्रीमानलाई थप श’ङ्का गर्ने बाटो नदिन उनले एउटा योजना बनाइन् ।
ती महिलाले यी सबै कुराको जानकारी दिँदै रेडियो स्टेसन हिट्स एफएमलाई पत्र लेखिन् जहाँ उनले उचित सल्लाहको समेत माग गरेकी छिन् । तपाईको सल्लाह के छ?
प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०१:३१