फिल्ममा डाक्टर इन्जिनियर तर पढाईमा जिरो भएका चर्चित कलाकार !

फिल्ममा डाक्टर इन्जिनियर तर पढाईमा जिरो भएका चर्चित कलाकार !

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ६ गते शनिवार ०५:१३

बाहुबली फिल्ममा भल्लादेवको जस्तो स-शक्त भूमिका निभाएका राणा डग्गुबातीले आफ्नो पढाइ पूरा गर्न सकेनन्। यो कुरा राणा आफैँले एक अन्तर्वार्तामा प्रकट गरेका हुन । राणा भन्दा पहिले धेरै सेलिब्रेटीहरू छन् ।जो डाक्टर, इन्जिनियर र वैज्ञानिकको...

बाहुबली फिल्ममा भल्लादेवको जस्तो स-शक्त भूमिका निभाएका राणा डग्गुबातीले आफ्नो पढाइ पूरा गर्न सकेनन्। यो कुरा राणा आफैँले एक अन्तर्वार्तामा प्रकट गरेका हुन । राणा भन्दा पहिले धेरै सेलिब्रेटीहरू छन् ।जो डाक्टर, इन्जिनियर र वैज्ञानिकको रूपमा फिल्ममा देखा पर्ने गरेका छन् । तर, वास्तविक जीवनमा अध्ययनमा पछाडि बलिउडका सबै भन्दा कम शिक्षित बलिउड स्टारहरूको बारेमा जानौं

श्रीदेवी
स्वर्गीय अभिनेत्री श्रीदेवीले ७ वर्षको उमेरमा बाल कलाकारको रूपमा अभिनय करियर सुरुवात गरेकी थिइन । अभिनयमा सफल भएपछि, अभिनेत्री स्कुलबाट टाढा भइन् । पछि श्रीदेवीले स्कुलको पढाइ सिद्धाउन भन्दा पहिले उनले मुख्य फिल्महरूमा प्रवेश गरिन । जसले गर्दा उनको अध्ययन पूर्ण रूपमय समाप्त हुन सकेन । ठुलो डिग्री नभए पनि श्रीदेवी इन्डस्ट्रीमा एक उत्कृष्ट र सफल अभिनेत्रीका रूपमा नाम कमाएकी थिइन ।

अक्षय कुमार
बलिउडका चर्चित व्यक्तित्व अक्षय कुमारलाई कहिलेकाहीँ एक सैनिक,अधिकारी वा ठुलो नौसेन अधिकारीको रूपमा देखिएको छ । तर, वास्तविक जीवनमा, अभिनेताले केवल १० औँ कक्षासम्म मात्र अध्ययन गरेको छन् । अक्षयले अरू अध्ययनको लागि मुम्बईको खालास कलेजमा प्रवेश लिएका थिए । तर, अक्षय मार्शल आर्टको प्रशिक्षण लिन हङकङ गएका थिए। पूर्ण प्रशिक्षणमा फर्किएपछि, अभिनेताले पहिले मार्सल आर्ट ट्रेनरको रूपमा काम गरे ।त्यसपछि एक सेफको रूपमा काम गरे । आज अक्षय बलिउडको सबैभन्दा धेरै तलब पाउने अभिनेताका रूपमा चिनिन्छन ।

काजोल
बलिउडको सबैभन्दा लोकप्रिय अभिनेत्रीका रूपमा लिइने काजोलले स्कूली शिक्षा पूरा गर्न सकिनन् । उनको प्रारम्भिक शिक्षा पञ्चगानीको सेन्ट जोसेफ कन्भेन्सन स्कुलमा भएको थियो । स्कुलका दिनहरूमा काजोललाई निकै फिल्मको प्रस्ताव आयो । त्यस समयमा काजोल जम्मा १६ वर्षको मात्र थिइन । उनको योजना यो थियो, म एउटा फिल्म पूरा गरे पछि पुनः आफ्नो अध्ययन पूरा गर्ने छु, तर यो सम्भव थिएन । काजोलले धेरै ठुला फिल्महरूको अफर लिन सुरु गरिन । जसका कारण उनी फिल्ममा मात्र व्यस्त रहन थालिन् ।

करिश्मा कपूर
करिष्मा १९९० कि चर्चित नायीका हुन् । ९० को दशकमा करिश्मा कपूर सबैभन्दा लोकप्रिय अभिनेत्री थिइन । उनी पहिले क्याथेड्रल र जोन क्यानन स्कुलमा अध्ययन गर्छिन् । करिश्माले 1988 मा आमाबुबाको बिछोड भए सँगै आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न बलिउडमा प्रवेश गरिन । करिश्माको १९९१ मा आएको फिल्म ‘प्रेम कै’दी’ बाट ब्रेक लिइन, त्यसपछि उनले एक पछि अर्को हिट फिल्म दिन थालिन् । स्कुल पढाइ सकेपछि करिश्माले सोफिया कलेजमा प्रवेश लिइन् ।तर उनको करियरका कारण उनले पढाइ छोड्नुपर्‍यो।

क्याट्रिना कैफ
सानै उमेरमा नै क्याट्रिना कैफका आमाबुवाहरू अलग भएका थिए । उनकी आमाले उनका सात जना भाइबहिनीहरूलाई हुर्काउनु भएको छ। क्याट्रिना हङकङ, चीन, जापान, फ्रान्स, बेल्जियम, लन्डन जस्ता धेरै ठाउँमा बस्छिन्। बारम्बार सहर र देश परिवर्तन गरेका कारण अभिनेत्रीले स्कुलबाट शिक्षा प्राप्त गर्न सकिनन्। उनकी आमाले उनका भाइबहिनीहरूको सबै अध्ययन घरको ट्युमरहरूको सहयोगमा पूरा गरिसक्नुभयो। परिवारलाई आर्थिक सहयोग गर्न क्याट्रिनाले कलिलो उमेरमै मोडलिङ गर्न थालिसके पछि उनलाई बलिउड फिल्महरूमा काम गर्ने अवसर एकपछि अर्को र अर्को पछि अर्कको हुँदै प्राप्त भयो।

कंगना रानोट
हिमाचल प्रदेशकी कंगना रनोटको पढाइमा धेरै रुचि थिएन । कंगना सधैँ मोडलिङ क्यारियर बनाउन चाहन्थिन, तर यसमा उनले परिवारको समर्थन प्राप्त गर्न सकिन। जब कंगना १२ औँ रसायन विज्ञान परीक्षामा असफल भइन, उनले आफ्नो पढाइ छोड्ने मन गरिन । बिचमा स्कुल छोडिसकेपछि कंंगना घरबाट दिल्ली भागेर मोडेलमा लागिन ।

आमिर खान
थ्री इडियट्स मा इन्जिनियर र तारे जमिनमा शिक्षकको भूमिका निभाएका अमिर खानले आफ्नो पढाइ बिचमा नै छोडेका थिए । उनले नरसी मोनोजी कलेज मा आफ्नो १२ कक्षा सम्मको पढाइ पूरा गरेका थिए । उनको परिवारको इच्छा थियो कि, अमिर इन्जिनियर बनोस् । तर, अमिर खानले आफ्नो परिवारको विरुद्ध लागेर थिएटर जोइन गरे । खानको यो कदम बलिउड डन्ड्रस्टिको लागि निकै फाइदा जनक भयो ।

अर्जन कपुर
इश्कजादे मुभी बाट बलिउडमा इन्ट्रि गरेका अर्जुन कपुरलाई अध्यायपनमा त्यति रुचि थिएन । अर्जुन हायर सेकेन्ड्रिि एक्जाम मा फेल भए पछि उनले पुरै तरिकाबाट आज पढाई लाई अन्त्य गरे । पढाइ छोडेपछि अर्जुनले असिस्टेन्ट डाइरेक्टर असिस्टेन्ट प्रोड्युसर काम गर्न सुरुवात गरे । अर्जुन एक्टर सलाम ए-इश्म र कल हो ना जस्ता फिल्महरूमा असिस्टेन्ट रहिसकेका छन् ।

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०५:१३
प्रतिक्रिया दिनुहोस