जस्ले नेपालको नागरिकता बनाउन नै ५-६ लाख खर्च गर्नुपर्ने भो !

जस्ले नेपालको नागरिकता बनाउन नै ५-६ लाख खर्च गर्नुपर्ने भो !

सञ्चार बाणी

@SancharBani

२०७७ कार्तिक २८ गते शुक्रबार ०८:३२

२०१८ को ‘मिस पिंक’ प्रतियोगिताको विजेता काभ्रेकी एन्जल लामा नागरिकता बनाउन आफ्नो गाउँ तिमाल पुगिन् । जन्मदर्ता लगायत विद्यालयका सर्टिफिकेटमा केटाकै रुपमा उनको पहिचान छ । अहिले उनी ‘तेस्रोलिं’गी महिला’ को रुपमा नागरीकता लिन...

२०१८ को ‘मिस पिंक’ प्रतियोगिताको विजेता काभ्रेकी एन्जल लामा नागरिकता बनाउन आफ्नो गाउँ तिमाल पुगिन् । जन्मदर्ता लगायत विद्यालयका सर्टिफिकेटमा केटाकै रुपमा उनको पहिचान छ । अहिले उनी ‘तेस्रोलिं’गी महिला’ को रुपमा नागरीकता लिन चाहन्छिन् । जब उनले यो कुरा वडाध्यक्षसँग बताइन् । वडाध्यक्षले लिं’ग परिवर्तन गरेको प्रमाण मागे ।

लिं’ग परिवर्तन (gender reassignment surgery) को कानुनी प्रावधान नेपालमा नभएको र भारत, थाईल्यान्ड गएर लिं’ग परिवर्तन गराउन नसकिने भनाई उनको छ । ‘त्यसैले यो नियम हटाउनुपर्छ भन्ने माग तेस्रोलिं’गी समुदायको हो’ ।

नेपालमाबाट विदेशमा गएर लिं’ग परिवर्तन गर्नको लागि ५ देखि ६ लाख लाग्छ । एउटा नागरिकता लिनको लागि मात्रै यति ठूलो रकम खर्च गर्नुसक्ने हैसियत सबै व्यक्तिहरुको हुँदैन । विदेश जानको लागि पासपोर्ट चाहिन्छ । नागरिकता बिना पासपोर्ट बन्दैन । त्यसैले यो विभेदकारी नीतिको अन्त्य हुनुपर्छ ।

प्रकाशित मिति २०७७ कार्तिक २८ गते शुक्रबार ०८:३२
प्रतिक्रिया दिनुहोस