कोब्राले टो’काएर श्रीमतीको ह’त्या

कोब्राले टो’काएर श्रीमतीको ह’त्या

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २९ गते शुक्रबार ०३:२०

सर्पले टोकाएर आफ्नी श्रीमतीको ह'त्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन का'रावासको स'जाय तोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति वि'षालु सर्पले टो'काएका थिए । न्यायाधीशहरुले यस अ'पराधलाई ‘दु'र्लभमध्येको...

सर्पले टोकाएर आफ्नी श्रीमतीको ह’त्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन का’रावासको स’जाय तोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति वि’षालु सर्पले टो’काएका थिए । न्यायाधीशहरुले यस अ’पराधलाई ‘दु’र्लभमध्येको दु’र्लभ अ’पराध’ भनेर चित्रण गरेका छन् ।

सुरजले पहिले उत्तरा भए ठाउँ अति विषालु सर्प रसल्स भाइपर राखिदिएका थिए, जसको टोकाइको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुप–यो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत कोब्रा सर्प मगाए । त्यसपछि सुतिरहेकी श्रीमतीमाथि उक्त कोब्रा फाले । कोब्राले टो’केपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृ’त्यु भयो । यही अ’भियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दो’षी ठ’हर गरेको हो ।

उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शं’का व्यक्त गरेपछि गत वर्ष ह’त्या आ’रोपमा प्रहरीले सुरजलाई उनकै घरबाट प’क्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाईजोका लागि या’तना दिएको बाबुआमाको आ’रोप थियो । बाबुआमाका अनुसार सुरजले श्रीमतीको ह’त्या गरेर उनको सम्पत्तिमाथि क’ब्जा जमाउन खोजेका थिए ।

सुनियोजित ष’ड्यन्त्र
सुरजले ह’त्या आ’रोपमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर फोन रेकर्ड हेर्दा उनी सर्प पाल्ने व्यक्तिसँग सम्पर्कमा रहेको र हत्याअघि धेरै पटक इन्टरनेटमा उनले सर्प सम्बन्धी भिडियोहरू हेरेको प्रहरी छा’नबिनका क्रममा भेटिएको छ । कोब्राले श्रीमतीलाई टोकेपछि पनि सुरज उनीसँगै कोठामा थिए । तर, अर्को दिन उनी नियमित काममा गएका थिए । ‘यो ह’त्या सुनियोजित देखिन्छ । यो अति दु’र्लभ प्र’करण हो,’ मृ’त्युद’ण्डको स’जाय माग गरेका एक अभिवक्ताले भने । उत्तराको माइती निकै सम्पन्न परिवार हो । उनका श्रीमान् भने बैंकमा सामान्य काम गर्दथे । उनीहरू विवाहमा ठुलो दाइजो दिइएको थियो । जसमा एउटा कार र ५ लाख भारु समावेश छ । मिडिया रि’पोर्टस्अनुसार उत्तराको ह’त्यापछि उनीका केही सुनका गहनाहरू सुरजको घर नजिकै गाडिएको अवस्थामा भेटिएको थियो । जस कारण, सुरजको परिवारमाथि शं’का अझै बढ्यो ।

प्रकाशित मिति २०७८ असोज २९ गते शुक्रबार ०३:२०
प्रतिक्रिया दिनुहोस