अभिषेकसँग यसकारण टुटेकाे थियाे करिश्माको प्रेम

अभिषेकसँग यसकारण टुटेकाे थियाे करिश्माको प्रेम

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २६ गते मङ्गलबार ०७:५१

बलिउड अभिनेत्री करिश्मा कपूरले राजा हिन्दुस्तानी, साजन चले ससुराल, जीत, कृष्णा, हिरो नं. १, दिल तो पागल है जस्ता हिट फिल्म गरेकी छिन् । करिश्मालाई अभिनयमा आउन परिवारको बन्देज थियो । तर उनले परिवारको इच्छा विपरित १९९१ मा अभिनयमा डेब्यु...

बलिउड अभिनेत्री करिश्मा कपूरले राजा हिन्दुस्तानी, साजन चले ससुराल, जीत, कृष्णा, हिरो नं. १, दिल तो पागल है जस्ता हिट फिल्म गरेकी छिन् । करिश्मालाई अभिनयमा आउन परिवारको बन्देज थियो । तर उनले परिवारको इच्छा विपरित १९९१ मा अभिनयमा डेब्यु गरिन् । फिल्मको अलवा करिश्मा आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चित रहदै आएकी छन् । १९९१ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउड डेब्यु गरेकी करिश्माले डेविड धवनको फिल्म ‘साजन चले ससुराल’ बाट पहिचान बनाएकी हुन् । त्यसपछि उनले अभिनय गरेको जीत र कृष्णा हिट भएको थियो ।

करियर चुलिएका बेला उनी विभिन्न कारणले सधैँ चर्चामा रहिन् । कहिले प्रेम त कहिले चलचित्रमा निभाएका भूमिका । प्रेमका कुरा गर्ने हाे भने १९९१को फिल्म जीगरमा करिश्मा अजयदेवगन साथ देखिएका थिए । फिल्मपछि दुबै एक अर्कासँग नजिक समेत भए । करिश्मा आगाडि अजय रवीना टन्डनसँग डेटमा रमाउँथे । करिश्मा आएपछि अजयले रवीना छोडे । तीन वर्षको सम्बन्धपछि अजयसँग करिस्माको ब्रेकअप भएको थियो ।

अभिनयमा हिट रहेको समय करिश्माको बुबा रणधीर उनको विवाह नजिकका साथी विनोद खन्नाका छोरा अक्षय खन्नासँग गर्न चाहन्थे । तर करिश्माकी आमा बबिताले विवाहको विरोध गरिन् । बबिता चाहन्थिन् करिश्मा फिल्ममा मात्र सिमित नहुन् । अक्षय खन्ना भने अहिले ४८ वर्षको उमेरसम्म पनि कुमारनै छन् ।

करिश्मा र अभिषेक प्रेममा रहँदा अभिषेकले बलिउड डेब्यु गरेका नै थिएनन् । दुबै अमिताभ बच्चकी छोरी श्वेताको विवाहमा नजिक भएका थिए । अभिषेकले करिश्माकी बहिनी करिनाको साथ रिफ्युजी फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । केही वर्षको सम्बन्धपछि अभिषेक र करिश्माले दुवै परिवारको सहमतिमा विवाहका लागि २००२ मा इन्गेजमेन्ट समेत गरेको खबर आएको थियो । तर दवबैको सम्बन्ध अगाडि सम्बन्ध बढ्न सकेन । जसको कारण अभिषेककी आमा जया थिइन् । उनले विवाहपछि आफ्नो बुहारीले अभिनयबाट बिदा लिनुपर्ने सर्त राखेकी थिइन् । यो सर्तमा करिश्मा र उनकी आमा बबिता राजी थिएनन् ।

करिश्माले २००२ मा व्यवसायी सञ्जय कपुरसँग बिवाह गरेकी थिइन् । करिश्मा सञ्जयको दोस्री श्रीमती हुन् । विवाहपछि करिश्माका दुई सन्तान समायरा र कियान भए । श्रीमान्सँग उनले २०१० मा सम्बन्ध तोडिन् । सन् २०१६ मा दुबैको आधिकारिक सम्बन्धबिच्छेद भयो । सञ्जयले पैसा र अभिषेक बच्चनको याद भुलाउन आफुसँग विवाह गरेको आरोप करिश्मालाई लगाएका थिए ।

प्रकाशित मिति २०७८ असोज २६ गते मङ्गलबार ०७:५१
प्रतिक्रिया दिनुहोस