महिनावारी हुँदा आँखाबाट रगत बग्यो

महिनावारी हुँदा आँखाबाट रगत बग्यो

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २५ गते सोमबार ०४:३९

२५ वर्षीया एक युवतीको एक दु'र्लभ रोगका कारण महिनावारी हुँदा आँखाबाट रगत बग्यो । आँखाबाट रगत बग्ने अति दु'र्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि दु'र्लभ ‘ओक्युलर भिक्यारियस...

२५ वर्षीया एक युवतीको एक दु’र्लभ रोगका कारण महिनावारी हुँदा आँखाबाट रगत बग्यो । आँखाबाट रगत बग्ने अति दु’र्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि दु’र्लभ ‘ओक्युलर भिक्यारियस मिन्स्ट्रुएसन’ नाम दिएका छन् ।

नाम नखुलाइएकी यी २५ वर्षीया महिला चन्डिगढको एक अस्पतालमा आफ्नो समस्या लिएर पुगेकी थिइन् । उनीमाथि गरिएका विभिन्न परीक्षण साधारण नै आए । महिनावारी भएकै बेला आँखाबाट रगत बग्ने समस्या देखा परेको ती युवतीले जानकारी दिएपछि दिएपछि डाक्टरले यो कोणबाट परीक्षण सुरु गरेका थिए ।

अडिटीसेन्ट्रेल अनुसार ती युवतीले रगतका आँसुले आफूलाई कुनै असहज र पी’डा भने महसुस नगराएको जानकारी दिइन् । विस्तृत नेत्ररोग र रेडियोलोजिकल परीक्षणहरुले उनको अवस्था सामान्य बाहेक केही देखाएको थिएन । हालसम्म उनको आँखाबाट दुई पटक रगतका आँसु बगे । डाक्टरसँगको कुराकानीमा उनले दुबैपटक आफू महिनावारी भएका बेला आँखाबाट रगत बगेको बताइन् ।

यो अति दु’र्लभ स्वास्थ्य स्थितिमा महिलाहरुको यौ’ना’ङ्गबाहेक अन्य अ’ङ्गबाट रगत बग्ने गर्छ । यीमध्ये सबैभन्दा साधारण नाकबाट रगत बग्नु हो । यद्यपि, कतिको ओठबाट, आँखाबाट, फोक्सोबाट, पेटबाट पनि रगत बग्ने गरेका केस भेटिएका छन् ।

उनको स्वास्थ्य स्थितिबारे पत्ता लागेपछि उनलाई एस्ट्रोजन र प्रोजेस्टेरोनयुक्त गर्भनिरोधक चक्की खुवाउन लगाइयो । तीन महिनाको फलोअप पछि अब उनको आँखाबाट रगत बग्न बन्द भएको बताइन्छ ।

प्रकाशित मिति २०७८ असोज २५ गते सोमबार ०४:३९
प्रतिक्रिया दिनुहोस