श्रीदेवीसँग गोप्य बिहे गर्दा मिथुनकी पहिलो श्रीमतीले गर्न खोजेकी थिइन् आ’त्मह’त्या

श्रीदेवीसँग गोप्य बिहे गर्दा मिथुनकी पहिलो श्रीमतीले गर्न खोजेकी थिइन् आ’त्मह’त्या

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २४ गते आईतबार ०१:०२

अभिनेता मिथुन चक्रवती र अभिनेत्री श्रीदेवीबीचको प्रेम र वैवाहिक सम्बन्धले एक समय बलिउडमा तरंग ल्याएको थियो। 'वक्त कि आवाज', 'गुरु', 'वतन के रखवाले'लगायत फिल्ममा काम गरेका मिथुन र श्रीदेवी सन् १९८४ मा 'जाग उठा शैतान'मा पहिलो पटक सँगै...

अभिनेता मिथुन चक्रवती र अभिनेत्री श्रीदेवीबीचको प्रेम र वैवाहिक सम्बन्धले एक समय बलिउडमा तरंग ल्याएको थियो। ‘वक्त कि आवाज’, ‘गुरु’, ‘वतन के रखवाले’लगायत फिल्ममा काम गरेका मिथुन र श्रीदेवी सन् १९८४ मा ‘जाग उठा शैतान’मा पहिलो पटक सँगै काम गर्ने बेला नजिकिएका थिए। सन् १९८५ मा उनीहरुले विवाह गरे तर उनीहरुको प्रेम कथा धेरै लामो समयसम्म टिक्न सकेन। विवाह भएको तीन वर्षपछि मिथुन र श्रीदेवीको सन् १९८८ मा सम्बन्ध विच्छेद भएको थियो।

उनीहरुको सम्बन्ध बिग्रिनुको कारण थिइन् मिथुनकी पहिलो श्रीमती योगिता बाली। मिथुनले सन् १९७९ मा योगितासँग विवाह गरेका थिए। यी जोडी वैवाहिक सम्बन्धमा रहेको चार दशकभन्दा बढी भइसक्यो। उनीहरुका चार छोराछोरी पनि छन्। मिथुनले विवाहित हुँदाहुँदै श्रीदेवीसँग दोस्रो विवाह गरेका थिए।

त्योबेला श्रीदेवी तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री थिइन्। उनको बलिउड प्रवेश पनि सशक्त रुपमा भएको थियो। उनी त्यस समयको बलिउडको सुपरस्टार थिइन्। श्रीदेवी र मिथुनको विवाह बाहिर हल्ला नगरी गुपचुप तरिकाले भएको थियो।

मिथुनकी पहिलो श्रीमती योगितालाई समेत उनीहरुको विवाहबारे खबर थिएन। जब योगिताले मिथुनले श्रीदेवीसँग दोस्रो विवाह गरेको थाहा पाइन्, उनले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन्। रिपोर्टका अनुसार यता श्रीदेवीलाई मिथुन र योगिताको सम्बन्धबारे केही जानकारी नभएर उनीसँग विवाह गरेको भनिन्छ। जब श्रीदेवीले पनि पहिलो श्रीमती हुँदाहुँदै आफूसँग विवाह गरेको थाहा पाइन्, उनले मिथुनलाई आफू वा योगिताबीच कोही एकलाई रोज्ने द’बाब दिइन्।

कोइमोइका अनुसार मिथुनले आफ्नो पहिलो श्रीमतीलाई छोड्न नसकेपछि श्रीदेवीले सन् १९८८ मा सम्बन्ध विच्छेद गरेकी हुन्। मिथुनसँगको विछोडपछि श्रीदेवीले सन् १९९६ मा बलिउड निर्माता बोनी कपुरसँग विवाह गरेकी थिइन्।

प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार ०१:०२
प्रतिक्रिया दिनुहोस