ललितपुरको बागमती गाउँपालिका–४ प्यूटार घर भएका राजकुमार भुलुनको ह’त्या भयो । असोज ११ मा गोदावरी नगरपालिका–७ स्थित देवीचौर सलेनी खोल्सामा २९ वर्षीय भुलुनको श’व भेटिएको थियो । भुलुनको ह’त्या आ’रोपमा प्रहरीले ३ जनालाई सार्वजनिक गरेको छ । ह’त्यामा संलग्न एकजना आ’रोपीको भाग्ने क्रममा मृ’त्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।
ह’त्यामा संलग्न भएको आ’रोपमा प्रहरीले भुलुनकी पत्नी २८ वर्षीया रजीना भोलुन, साढु भाई ज्ञान कुमार सिन्तान, साली सुनिता सिन्तान र गोदावरी घर भएकी लक्ष्मी ब्लोनलाई प’क्राउ गरेर सार्वजनिक गरेको छ ।
ह’त्यापछि भाग्दा भिरबाट ख’सेर ज्यान गु’माएको अवस्थामा गोदावरी नगरपालिका–११ घर भएका २८ वर्षीय मनोज मगर भनिने मनोज सार्कीको श’व फेला परेको छ । असोज १३ मा राजकुमारको श’व फेला परेको ठाउँबाट केही पर भीरबाट ३ सय मिटर तल खसेको अवस्थामा मनोजको श’व भेटिएको एसएसपी बज्राचार्यले बताइन् ।
भुलुनलाई खु’कुरी हा’नेर भा’ग्दा भिरबाट ल’डेर मनोजको मृ’त्यु भएको प्रहरीको अ’नुसन्धानबाट थाहा भएको छ । राजकुमारको ह’त्या पत्नी रजीना भोलुनको योजनामा भएको खुल्न आएको एसएसपी बज्राचार्यले बताइन् ।
रजीनाले आफ्ना बहिनी–ज्वाईं ज्ञान कुमार सिंतान, बहिनी सुनिता र मृतककी साथी ३० वर्षीया लक्ष्मी ब्लोन भनिने म्याक्सी माया भोलनको सल्लाहमा ह’त्या गर्न लगाएकी थिइन् । उनीहरुले मनोज सार्कीलाई ह’त्याको सुपारी दिएको अ’नुसन्धानबाट थाहा भएको छ ।
ह’त्याअघि मनोजलाई ५ हजार र ह’त्यापछि ५० हजार दिने सहमती अ’रोपीहरुले सहमति गरेका थिए । मनोजले खुकुरीले हा’नेर भुलुनको ह’त्या गरेको थाहा भएको छ । ‘राजकुमारले घरेलु हिं’सा गरेका कारण रजीनाले ह’त्याको योजना बनाएको देखिएको छ’ एसएसपी बज्रचार्यले भनिन्–‘मनोज र मृ’तककी साथी लक्ष्मी एउटै गार्मेन्टमा काम गर्दै आएका थिए ।’
राजकुमारको ह’त्या भएको दुई दिनपछि ह’त्याका मुख्य आ’रोपी मनोज सार्की पनि मृ’त भेटिएका थिए । राजकुमारको ह’त्या अ’नुसन्धान गर्दा तालिमप्राप्त कुकुरले हत्या’मा संलग्न व्यक्ति घ’टनास्थल वरपर नै रहेको संकेत गरेको थियो ।
प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार ११:३०