पोखरा/ आज चर्चित मोडल तथा डान्सर एलिशा राईको जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई सामाजिक संजालको माध्यमबाट सुभकामनाको ओईरो लागिरहेको छ । सुन्दरताले भरिपुर्ण राई २०५२ साल पौष २१ गते काठमाडौमा जन्मेकी हुन् । उनी २५ वर्षकि भएकी छन् ।

फिल्ममा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी एलिशा अभिनयमा भने खासै जम्न सकिनन । फिल्म “लुट” को ठमेल बजार गीतले मोडलिङ करियरमा उचाई थपिएपछि उनलाई म्युजिक भिडियोमा लिनको लागि निर्माता निर्देशकहरु पर्खाईमा बस्न थाले ।

सामाजिक संजालमा समेत सक्रिय उनी आफ्ना सुन्दरताले भरिएको तस्वीरहरु सार्बजनिक गरिरहन्छिन । फ्यान फलोईङ टन्नै कमाएकी उनको तारिफ गर्नेहरुको कमि छैन । सयौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनी पछिल्लो केही समययता भने म्युजिक भिडियोमा पनि कमै मात्रामा देखिने गरेकी छन् । उनलाई हाम्रो तर्फबाट पनि जन्मदिनको सुभकामना ।







प्रकाशित मिति २०७७ पुस २१ गते मङ्गलबार ०३:४८