एजेन्सी / विश्व भर अन्तराष्ट्रिय छोरी दिवस २०२१ मनाइदै गर्दा भारतीय कमेडियन कपिल शर्माले पनि अन्तराष्ट्रिय छोरी दिवसको शुभकामना दिएका छन्। कपिलले सामाजिक संजाल मार्फत छोरी दिवसको शुभकामना दिएका हुन्।
छोरी दिवसको शुभकामना दिँदै कपिलले आफ्नी छोरी अनायराका तस्विर हरु पनि सार्वजनिक गरेका छन्। छोरी दिवसको शुभकामा दिनेक्रममा उनले एकसाथ छोरीका तीन तस्विर सार्वजनिक गरेका हुन्।
कपिलले सार्वजनिक गरेको पहिलो तस्विरमा अनायराका पहेंलो घाँघरमा देखिएकी छन्। पहेंलो घंघरमा अनायरा धेरै नै क्युट देखिएकी छन्। त्यस्तै अर्को तस्विरमा सनग्लासमा पोज दिंदै गरेकी अनायरा धेरै क्युट देखिएकी छन्।
तेस्रो तस्विरमा पनि अनायरा कम्ती क्युट देखिएकी छैनन्।“छोरी दिवसको शुभकामना”,तस्विर सार्वजनिक गर्दै कपिलले लेखेका छन्। कपिलका छोरीका तस्विरहरुलाई धेरै भन्दा धेरैले लाइक गरेका छन्।
अहिले सम्म ती तस्विरहरुमा १ मिलियन लिक पुग्न लागिसकेको छ। कपिलले सार्वजनिक गारेको तस्विरमा धेरै सेलिब्रिटीहरुले पनि कमेन्ट गरेका छन्।
सन् २०१९ मा जन्मिएकी थिइन् अनायरा कपिलले सन् २०१८ मा गिन्नी चतरथसंगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। त्यसको एक वर्षपछि सन् २०१९ मा अनायराको जन्म भएको थियो।
अनायरा शर्माको अलावा कपिलका अर्का एक छोरा पनि छन्। फादर्स डेका दिन कपिलले दुवै छोरा-छोरीको तस्विर पहिलो पटक सार्वजनिक गरेका थिए। – हेर्नुहोस तस्बिरहरु





प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार ०६:०९