ट्वाइलेट बनाएको पैसा नदिएपछि ठेकेदारले यसरी भत्काए नयाँ शौचालय (भिडिओ)

ट्वाइलेट बनाएको पैसा नदिएपछि ठेकेदारले यसरी भत्काए नयाँ शौचालय (भिडिओ)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १० गते आईतबार ०१:०४

अमेरिका कोलोराडो राज्यमा एक ठेकेदारले नयाँ शौचालय भत्काइदिएका छन्। घरधनीले ट्वाइलेट बनाएको पैसा दिन अस्वीकार गरेपछि रुष्ट ठेकेदारले हम्मरले हानेर आफूले बनाएको शौचालय भत्काइदिएका हुन्। डेली मेलका अनुसार टेरी ग्रेगोरी नामका...

अमेरिका कोलोराडो राज्यमा एक ठेकेदारले नयाँ शौचालय भत्काइदिएका छन्। घरधनीले ट्वाइलेट बनाएको पैसा दिन अस्वीकार गरेपछि रुष्ट ठेकेदारले हम्मरले हानेर आफूले बनाएको शौचालय भत्काइदिएका हुन्।

डेली मेलका अनुसार टेरी ग्रेगोरी नामका ठेकेदारले घरधनीसँग ४ हजार अमेरिकी डलर पारिश्रमिक र सामग्री खर्च माग्दा उनीहरुले त्यो दिन अस्वीकार गरेका थिए।

ड्रिम होम रिमोडल्सका ठेकेदार ग्रेगोरीका अनुसार हप्तौं लगाएर एम्बर ट्रक नाम गरेका व्यक्तिको शौचालय निर्माण गरिएको थियो। तर उनले पैसा नतिर्ने भनेपछि आफूहरु त्यो भत्काउन बाध्य भएको ग्रेगोरी बताउँछन्।

भिडिओमा देखिएअनुसार एम्बरले अर्काको घर किन भत्काएको भनेर प्रश्न गरेका छन्। उत्तरमा ग्रेगोरीले पैसा तिरेको भए भत्काउँदिन भनेको सुन्न सकिन्छ। ट्रकले यो घटनापछि आफूलाई शौचालय निर्माणको काममा चित्त नबुझेको बताएकी छिन्। उनले पैसा दिन ढिलाई गर्दा यस्तो भएको जनाएकी छिन्।

(भिडिओ)

प्रकाशित मिति २०७८ असोज १० गते आईतबार ०१:०४
प्रतिक्रिया दिनुहोस